PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

पौडेल भेट्न बोहराटार पुगे देउवा



पहिलोपोस्ट

पौडेल भेट्न बोहराटार पुगे देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहराटार पुगेका छन्। सोमवार दिउँसो देउवा पौडेल निवासमा पुगेको पौडेल निकट स्रोतले जनायो।

झन्डै आधा घण्टा पौडेल निवासमा बिताएपछि देउवा त्यहाँबाट फर्केको र भेटमा के छलफल भयो भन्ने खुलेको छैन। पछिल्लोपटक कांग्रेस प्रतिनिधिसभा विघटनको विरोधमा सडक आन्दोलनमा रहेको छ।

यसमा देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयलाई खुलेर समर्थन गरेका छैनन् भने पौडेलले पुनर्स्थापनामा जोड दिनुपर्ने बताउँदै आएका छन्। दुई नेताबीच बुढानिलकण्ठमा बाझाबाझसमेत भएको थियो

कांग्रेसमा महाधिवेशन र समायोजनका मुद्दाहरु थाती नै रहेकोले पनि यो भेटलाई महत्वका साथ हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell