PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

१४ गते कोभिड-१९ को खोप अभियान सुरु हुँदै



पहिलोपोस्ट

१४ गते कोभिड-१९ को खोप अभियान सुरु हुँदै

काठमाडौं : कोभिड-१९ विरुद्धको खोप अभियान माघ १४ गतेदेखि सुरु हुने भएको छ। पहिलो चरणमा भारतले अनुदान स्वरुप दिइएको १० लाख डोज खोपबाट पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप दिइने छ।

भारतले अनुदान सहयोग उपलब्ध गराएको खोप प्रतिव्यक्ति २ डोज दिनुपर्छ। माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ६२ अस्पताल तथा १२० खोप केन्द्रमा भर्चुअल विधिबाट उद्घाटन गर्नेछन्। खोप अभियान अन्तर्गत १८ गतेसम्म ३ सय खोप केन्द्र सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिए।

पहिलो चरणको खोप अभियान १० दिनभित्र सम्पन्न गर्ने उनले जानकारी दिए। यसरी पहिलो डोल खोप लगाएको ४ हप्तापछि अर्को डोज दिनुपर्ने हुन्छ।

खोप लगाउनेहरुको नाम स्वास्थ्य संस्था प्रमुख तथा स्वास्थ्य कार्यालयले सार्वजनिक गर्ने र जिल्ला कोभिड-१९ खोप समन्वय तथा अनुगमन समितले अनुगमन गर्ने मन्त्री त्रिपाठीले जानकारी दिए।

पहिलो चरणमा फोहर मैला व्यवस्थापक तथा सरसफाइकर्मी, एम्वुलेन्स/शवबहान चालक र सहचालकहरु, प्रत्यक्ष सेवा दिने स्वास्थ्यकर्मीहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मीहरु तथा स्वंमसेवक, महिला स्वास्थ्य स्वंमसेविका, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिएका स्वास्थ्र्यकर्मी तथा सुरक्षाकर्मीहरु, वृद्धाश्रमहरुमा खटिएका कर्मचारी, जेलमा रहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई खोप दिइने छ।

स्वास्थ्य मन्त्री त्रिपाठीले पहिलो चरणको खोप अभियान सम्पन्न भइसकेसँगै नेपालमा दोस्रो खेप पनि आइपुग्ने दाबी गरे।  

यो पनि:

भारतले अनुदानमा दिएको खोप साढे ४ लाखलाई पुग्ने, बाँकी भ्याक्सिन खरिदको टुंगो छैन, अझै अनुदान खोज्दै सरकार

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell