काठमाडौं : कतारसँग यहि महिनाको अन्त्यमा हुने बाइल्याट्रल सिरिजका लागि क्यानले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको छ। बन्द प्रशिक्षणमा १८ खेलाडीहरुलाई बोलाउँदा पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने टिममा छैनन्।
क्यान स्रोतले मुख्य खेलाडीहरुलाई विश्राम दिएको र टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्ने जनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान)को माघ १३ गते बसेको बैठकले कतारको स्पोर्ट्स डे का अवसरमा फेब्रुअरी ९ देखि १२ सम्म हुने प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको थियो।
बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरु :
दीपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, लोकेस बम, सन्दीप जोरा, कमलसिंह ऐरी, आसिफ शेख, अबिनास बोहोरा, कुशल भुर्तेल, सागर ढकाल, पवन सर्राफ, विवेक यादव, कृष्ण कार्की, सौरभ खनाल, सोमपाल कामी, भुवन कार्की, करण केसी, कुशल मल्ल, सहाब आलम
