PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

१० वर्षीय बालकको हत्या आरोपी चार वर्षपछि पक्राउ, हत्याको कारण समलिंगी सम्बन्ध!



राधेश्याम पटेल

१० वर्षीय बालकको हत्या आरोपी चार वर्षपछि पक्राउ, हत्याको कारण समलिंगी सम्बन्ध!

वीरगंज : पर्सामा प्रहरी प्रमुख भएर आइपुगेका छन् प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे। उनको आगममको दुई साताभित्रै दुई वटा सनसनीपूर्ण हत्या प्रकरण सुल्झाउनतिर उनले ध्यान लगाएका छन्।

उनले प्रहरी प्रमुख सम्हालेपछि पर्सा राधेमाईका राजन पटेल र बहुदरमाईका अकलेश राउत यादवको हत्याका आरोपीहरु पक्राउ परेका छन्। पाण्डेको सक्रियताले पीडित परिवारमा न्याय पाउने आशा पलाएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साले शुक्रवार पत्रकार सम्मेलन गरी दुईटै हत्याका घटनाका अभियुक्तलाई सार्वजनिक गरेको छ।

प्रहरी उपरीक्षक पाण्डेले पर्सा, बहुदरमाई नगरपालिका घर भई वीरगंज महानगर–१४ राधेमाईमा बस्ने १० वर्षीय बालक राजन पटेलको हत्या र बहुदरमाई नगरपालिका–२ बहुअरीपिडारी निवासी अकलेश राउत यादव हत्याकाण्डका अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको बताए। १० वर्षीय बालकको हत्यामा संलग्न राधेमाई निवासी २० वर्षीय रेयान महतो कम्कर, यादवको हत्याको आरोपमा पर्सागढी नगरपालिका–५ निवासी ५१ वर्षीय भागृत राउत अहिर र ४१ वर्षीय शेख ताहिर मियाँ र २७ वर्षीय छट्ठु भन्ने दिनेश पटेललाई पक्राउ गरी कारबाही अघि बढाइएको उनले बताए।

२०७३ असोज २० गते १० वर्षीय बालक पटेलको शव चिनीमिल आवास क्षेत्रको पोखरीमा फेला परेको थियो। उनको हत्या कम्करले समलिंगी सम्बन्ध राखेपछि गरेको अनुसन्धानबाट खुलेको छ। उनले भने,‘रक्सी, लागूऔषध खाने गर्छन्, समलिंगी बालत्कार गरेर उक्त घटना लुकाउन घाँटी थिचेर मारेको देखिएको छ।’ यसैगरी, यादवको हत्यामा पक्राउ परेका तीनजनामध्ये भागृत राउत अहिर फुपाजु भएको र उनको योजनामा यादवको हत्या भएको उनले बताए।

अहिरले अन्य दुईजनालाई रकम दिएको र उनीहरूले नै यादवको हत्या गरी नजिकै रहेको रूखमा झुन्ड्याएर आत्महत्याको संज्ञा दिन खोजेका थिए। प्रहरी स्रोतका अनुसार मृतक यादवका फुपाजु भागृतले पैसाको लागि उनको हत्या गरेको प्रहरीले जनाएको छ। मृतक यादवका बुबा दुई दाजुभाइ भएको र यादव दुई दाजुभाइको एउटै छोरा भएको कारण उनको मृत्युपछि अंश पाउने लोभमा हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको पर्साका प्रहरी उपरीक्षक पाण्डेले स्पष्ट पारे।

राजन पटेलको हत्या अझै रहस्यमै, 'क्लु नै फेला पार्न नसकेको' प्रहरी दाबी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell