PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रधानमन्त्री ओलीको सभामा कार्यकर्ताले गरेको फोहर उठायो महानगरको ब्रुमरले, सफा गर्ने भनिएका स्वयमसेवकले लठ्ठीले पन्छाए बोक्रा

प्रधानमन्त्री ओलीको सभामा कार्यकर्ताले गरेको फोहर उठायो महानगरको ब्रुमरले, सफा गर्ने भनिएका स्वयमसेवकले लठ्ठीले पन्छाए बोक्रा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : जसरी नेपाल कम्युनिष्ट पार्टीको आन्दोलनरत प्रचण्ड-माधवकुमार नेपाल समुहले गरेको आमसभापछि फोहर देखियो, आज प्रधानमन्त्रीको समूहले गरेको आमसभामा पनि देखियो। यति चाहिँ फरक हो, आजको आमसभामा काठमाडौं महानगरपालिकाका मेयर आफैँ कार्यकर्ता झै उपस्थित थिए। र, उनी नेतृत्वको महानरपालिकाले फोहर छिट्टै उठाउने प्रयत्न गर्‍यो।

उस्तै प्रकृतिको प्रचण्ड - नेपाल समूहका कार्यकर्ताले गरेको फोहर उठाउन भने महानगरपालिकाले ढिलो थालेको थियो।

प्रचण्ड नेपाल समूहको सभामा सडकमा छोडेको फोहोर देखाउँदै चर्को आलोचना पनि भएको थियो। त्यही हविगत प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पनि देखिने त्रासले आयोजकले सुरुमै दावी गरेको थियो - हामी सडक सफा गरेरमात्र जान्छौं। 


यो पनि पढ्नुस् : अन्तत उही दृष्य : सभा सकियो, झन्डा र ब्यानर भने छुट्यो बदम अनि सुन्तलाका बोक्रासँग


कार्यक्रममा सभा सकिएपछि स्वयम सेवकले सडक सफा गर्ने घोषणा गरेका थिए। तर, कार्यकर्ता किन सफाइमा लाग्थे? यसो हातमा बोकेका प्लेकार्डका लठ्ठीले बदामका बोक्रा हिर्काए अनि लागे आफ्नै बाटो।

त्यसैले सभा सकियो तर दृष्य उही दोहरियो -  झन्डा मिल्काइयो, ब्यानर फ्याँकियो बदम अनि सुन्तलाका बोक्रासँगै। बिहानै महानगरपालिकाले पानीले धोएको सडक सभासकिदा फोहरले भरियो। 

अन्ततः काठमाडौं महानगरपालिकाको सफाइ कर्मचारी आए र सडक सफा गरे। झाडु लगाउँदै महानगरपालिकाका कर्मचारीले बदामका बोक्राहरु सडकतिर ताने, ब्रुमरले त्यसलाई उठायो।



ट्रेन्डिङ पोस्ट

Ncell