काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा चन्द्रपुर नगरपालिकाले विराटनगर महानगरपालिकामाथि जित निकालेको छ। सातदोबास्थित एन्फा कम्प्लेक्समा सम्पन्न आजको पहिलो खेलमा चन्द्रपुरले विराटनगरमाथि १-० को साँघुरो जित निकालेको हो।
चन्द्रपुरको जितमा रजनी थोकरले निर्णायक गोल गरिन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ७० औं मिनेटमा उनले निर्णायक गोल गरिन्। पहिलो लेगमा चन्द्रपुर विराटनगरसँग ५-० गोलअन्तरले पराजित भएको थियो।

जितसँगै चन्द्रपुर १० अंक जोडेको विराटनगर तालिकाको तेस्रो स्थानमा छ भने ६ अंक जोड्दै चन्द्रपुर तालिकाको छैटौं स्थानमा छ।
