PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सपना रोका मगरलाई अभद्र व्यवहार गरेको अभियोगमा बस्नेत पक्राउ



पहिलोपोस्ट

सपना रोका मगरलाई अभद्र व्यवहार गरेको अभियोगमा बस्नेत पक्राउ

काठमाडौं : विश्वको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरमाथिको अभद्र व्यवहार मुद्दामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। मगरको उजुरीको आधारमा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको हो। बस्नेतलाई नयाँ बसपार्कबाट पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए।

मगरले आइतवार महानगरीय प्रहरी परिसर काठमाडौंमा बस्नेतविरुद्ध उजुरी दर्ता गराएकी हुन्। बस्नेतले आफूसँग सपनाको अश्लील फोटोहरू भएको र सार्वजनिक गर्ने धम्की दिँदै आएका थिए। उनले विभिन्न युट्युब च्यानलमा फोटोहरू सार्वजनिक गर्ने अन्तर्वार्ता दिएका थिए। त्यसैलाई आधार बनाएर सपनाले प्रहरीमा अभद्र व्यवहारमा उजुरी दिएकी हुन्।

१८ वर्षीय सपना बेवारिसे शव व्यवस्थापन गरेको कारण सय विश्वका एक सय प्रभावशाली महिलामा पर्न सफल भएकी थिइन्। बस्नेत पनि उनीसँगै शव व्यवस्थापनमा खटिँदै आएका थिए। पछिल्लो समय उनीहरूबीच सम्बन्ध बिग्रिएपछि बस्नेतले मगरको बदनाम गर्दै आएका छन्।

सम्बन्धित समाचार :

विश्वका सय प्रभावशाली महिलामा परेकी सपनाले बस्नेत बिरुद्ध प्रहरीमा उजुरी दिइन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell