PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

भागरथीको हत्यामा संलग्नको पहिचान भएको प्रहरीको दाबीः ‘कक्षा ११ मा पढ्ने विद्यार्थीले गरे अभियोग स्वीकार, बुधबार सार्वजनिक गरिँदै’



एम बम

भागरथीको हत्यामा संलग्नको पहिचान भएको प्रहरीको दाबीः ‘कक्षा ११ मा पढ्ने विद्यार्थीले गरे अभियोग स्वीकार, बुधबार सार्वजनिक गरिँदै’

प्रहरीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको पहिचान भएको दाबी गरेको छ। भट्ट अध्ययनरत विद्यालयकै एक छात्रले अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ। यद्यपि अभियुक्त प्रहरीले सार्वजनिक गरेको छैन। बुधबार अभियुक्त सार्वजनिक गर्ने प्रहरीले जनाएको छ। छात्रबारे प्रहरीले थप विवरण खुलाएको छैन। 

सनातन धर्मा माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययन गर्ने छात्रले अभियोग स्वीकार गरेका हुन्। भागरथी कक्षा १२ मा अध्ययनरत थिइन्।

प्रारम्भिक अनुसन्धानका क्रममा ती छात्रले अभियोग स्वीकार गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयला प्रवक्ता मुकेशकुमार सिंहले बताए।

अघिल्लो साता बैतडीको दोगडाकेदार गाउँपालिका ७ को जङ्गलमा मृत अवस्थामा १७ वर्षीय भट्टको शव फेला परेको थियो।

गत शनिबार एक शिक्षकलाई कञ्चनपुरबाट पक्राउ गरी बैतडी लगिएको थियो। सार्वजनिक सेवामा रहेकासहित केही व्यक्तिलाई विशेष निगरानीमा राखेर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।  

सम्बन्धित समाचार

बुवाको देहान्तपछि पनि अविचलित भागरथीको अधुरै रह्यो सरकारी जागिर खाने सपना

भागरथी हत्या प्रकरण : बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा पुष्टि

प्रहरीको दाबी : भागरथी अनुसन्धानको घेरा साँघुरिँदै, जिल्ला बाहिर रहेका केही मानिस शंकाको घेरामा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell