PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सत्ता स्वार्थले विदेशी शक्तिलाई आमन्त्रण गर्ने प्रवृतिको पुनारावृति भयो : नारायणकाजी श्रेष्ठ



पहिलोपोस्ट

सत्ता स्वार्थले विदेशी शक्तिलाई आमन्त्रण गर्ने प्रवृतिको पुनारावृति भयो : नारायणकाजी श्रेष्ठ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले बैदेशिक हस्तक्षप बढिरहेको बताएका छन्। उनले राजनीतिक अस्थिरताबाट स्वार्थ पूरा गराउन शक्ति राष्ट्रहरु सक्रिए भएको टप्पणी गरे।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले नेपालमा राजनीतिक दल खोलेर सरकार बनाउन कसरत गरेको चर्चा चलिरहेका बेला श्रेष्ठको यस्तो टिप्पणी आएको हो।

फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले सरकारले वैदेशिक हस्तक्षप बढाएको आरोप लगाए।

'देश गम्भीर संकटबाट गुज्रिँदैछ। संविधान र लोकतन्त्र माथिमात्र प्रहार भइरहेको छैन, पुन: वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ। सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट  बिदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको छ,' उनले भनेका छन्।

बाह्य शक्तिहरु हस्तक्षप बढाउँदै माइक्रो म्यानेजमेण्टमा लागेको उनको दावी छ। त्यसका विरुद्ध सम्पूर्ण राजनीतिक दल एक हुनुपर्ने उनको भनाई छ।

देश गँभीर संकटबाट गुज्रदैछ।संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन ,पुन: वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ...

Posted by Narayan Kaji Shrestha on Tuesday, February 16, 2021

'बिदेशी शक्तिहरु  कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सुक्ष्म ब्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका  छन्। सम्पूर्ण देशभक्त शक्तिहरु एक होऔं ।प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं। राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौं,' श्रेष्ठले लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell