PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

गर्भ तुहाउने औषधिले किशोरीको मृत्यु प्रकरण : डिएनए परीक्षणबाट प्रेमी पहिचान गरिने



राधेश्याम पटेल

गर्भ तुहाउने औषधिले किशोरीको मृत्यु प्रकरण : डिएनए परीक्षणबाट प्रेमी पहिचान गरिने
रिंकी कुमारीको घर।

वीरगंज : पर्साको पोखरिया नगरपालिका–९ बैरिया टोलकी १६ वर्षीया रिंकीकुमारीको मृत्युबारे प्रहरीले छानबिन अघि बढाएको छ। डिएनए परीक्षणबाट उनलाई गर्भवती बनाउने प्रेमीको पहिचान हुने प्रहरीको योजना छ। पर्साका एक प्रहरी अधिकृतको अनुसार रिंकीको मृत्यु भएपछि पेटमा रहेको बच्चाको डिएनए नमूना संकलन गरी परीक्षणको लागि काठमाडौं पठाइएको र डेढ महिनापछि डिएनए र भिसेरा रिपोर्ट आएको खण्डमा उनको मृत्युको कारण र गर्भवती बनाउने अभियुक्तको पहिचान हुने बताए।

गत शुक्रवार बिहान ५ बजे गर्भ तुहाउने औषधि खाएपछि छटपटिएर उनको घरमै मृत्यु भएको थियो। अस्पतालमा पोस्टमार्टममा उनको पेटमा ५ महिनाको बच्चा भेटिएको थियो। उनको मृत्युमा निजको प्रेमी, घरपरिवार अथवा स्वयं उनको संलग्नता छ भनेर आशंका गर्दै अनुसन्धान शुरू गरेको छ। अहिले गाउँकै एक जना केटामाथि आशंका भएपछि उनी फरार छन्। घर परिवारले पनि आफूले गर्भ तुहाउने औषधि नखुवाएको बताएका छन्। गाउँघरमै अनुमति बिना हुचवाको भरमा औषधि खाने हुनाले यस्तो घटना हुन सक्ने वीरगंजस्थित ओम हस्पिटलका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर जगत दीपले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell