PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अत्तालिएका ओलीले सानातिना धक्का दिइरहने प्रचण्ड-नेपाल समूहको विश्लेषण, 'कांग्रेसले भागबन्डा खोज्दा आन्दोलन भएन'



प्रकाश भण्डारी

अत्तालिएका ओलीले सानातिना धक्का दिइरहने प्रचण्ड-नेपाल समूहको विश्लेषण, 'कांग्रेसले भागबन्डा खोज्दा आन्दोलन भएन'

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूह आन्दोलनमा त छ नै, त्यो सँगै रणनीतिक रुपमा सशक्त बन्न प्रयासरत पनि छ। 

अहिले आफ्ना समूहका नेता कार्यकर्तालाई चनाखो राख्न पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लागिपरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली समूह पराजित भइसकेको र पराजित मानसिकताले जे पनि गर्न सक्ने भन्दै प्रचण्ड नेपालले आफ्ना समूहका नेतालाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

पार्टी आधिकारिकता दाबी गर्न आफ्नो समूहका केन्द्रीय सदस्यलाई नागरिकता सहित शुक्रवार पार्टी कार्यालय उपस्थित हुन उर्दी जारी गरेका उनीहरुले पछि आफ्नो रणनीति परिवर्तन गरे। निर्वाचन आयोगमा आफ्ना समूहका सबै सदस्य स-शरीर उपस्थित हुने तयारी भएपनि उनीहरु त्यतातिर लागेनन्।

ओलीले कुनै स्टेप चाल्छन् र ठुलो आन्दोलनको उद्घोष गर्नुपर्ने भन्दै दिनभर उक्त समूह परिसडाँडामा जुट्यो। नभन्दै ओलीले प्रदेश २ का प्रदेश प्रमूख तिलक परियारलाई हटाएर राजेश झा लाई नियुक्त गरे। यस घटनालाई प्रचण्ड-नेपालले ओलीको फाँसीवादी चरित्रको रुपमा लिएका छन्।

'अहिलेको त आन्दोलन होइन'

आज प्रचण्ड-नेपालले केन्द्रीय कमिटी सदस्यलाई आकस्मिक रुपमा बोलाएपछि नेताहरु हतार हतार पेरिसडाँडा पुगे। बैठक सुरु भइसकेपनि निकै ढिलो सम्म पनि नेताहरु बैठक स्थल पुग्ने क्रम जारी रह्यो। नेताहरुको बाहिरिने क्रम पनि जारी नै थियो। बैठक नसकिँदै नेताहरु बाहिरिन थालेपछि सञ्चारकर्मीले सोधे : आज किन आकस्मिक बोलाएको?

उक्त प्रश्नको सामना नेतृ रामकुमारी झाँक्रीले पनि गर्नुपर्‍यो। उनले बैठकको बारेमा जानकारी दिन आफू प्रवक्ता नभएको भन्दै आन्दोलन सशक्त बनाउन बैठक बसेको भन्न भ्याइन।

'अहिले त आन्दोलन नै भएको छैन्। जनपरिचालन कसरी हुन्छ? आन्दोलन कस्तो हुन्छ? एजेण्डा कसरी अगाडी ल्याइन्छ। हामी सबै जानेर बुझेरै आएको व्यक्ति हो,' उनले भनिन्।

उनले तत्काल बृहत आन्दोलन भने हुन नसक्ने बताइन। संवैधानिक परिषदमा ओलीले नियुक्ति गर्दा संयुक्त आन्दोलनको प्रयास गरेपनि त्यो सफल नभएको उनको दाबी थियो। झाँक्रीले कांग्रेसले भागबन्दा खोज्दा आन्दोलन नभएको बताइन।

आफूलाई प्रहरीले गिरफ्तार गर्दा पनि आन्दोलन चर्किने सम्भावना रहेको सुनाएकी उनले ओलीले कुनै अर्को कदम चाले तत्काल आन्दोलन हुने दाबी गरिन्।

'ओलीले धक्का दिएमा त आन्दोलन हुन्छ नै। आन्दोलनका लागि धक्काको आवश्यक छ। प्रदेश प्रमुख हटाउने त एउटा हो। यस्ता धेरै धक्का आउन सक्छन। त्यसपछि ठुलो आन्दोलन हुन्छ,' उनले भनिन्।

स्थिति तरल, जति बेला जे पनि

बैठकमा प्रचण्ड र नेपालले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए। उनीहरुले ओली आत्तिसकेकाले स्थिति तरल भएको बताए। अदालतको फैसला ‍पनि केही दिनमै आउने र निर्वाचन आयोगले पनि अब आधिकारिकता फैसला चाँडै गर्ने प्रचण्ड-नेपालको ब्रिफिङ थियो। ओलीको कदमलाई हर हालतमा परास्त गर्न तयार रहन नेताहरुलाई बैठकले निर्देशन दिएको छ।

निर्वाचन आयोगमा आवश्यक परे नागरिकता र स्वयंम व्यक्ति उपस्थित हुनुपर्ने भन्दै उनीहरुले केन्द्रीय सदस्यहरुको नागरिकताको फोटोकपि माग गरेका हुन्।

आवश्क परे जहाँ पनि जाने

प्रचण्ड-नेपाल समूहका नेताहरुले पार्टीको आधिकारिकता र संसद पुन:स्थापनको विषयमा जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताएका छन्। बैठकमा सहभागी भएर फर्किएका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले आफ्ना समूह आधिकारिकताको लागि पुष्टि गर्न जहाँ जान पनि तयार रहेको बताए।

'निर्वाचन आयोगको मात्रै कुरा होइन। हामीले कहाँ जाँचिनुपर्छ। पार्टी आधिकारिकताका लागि हामी त्यहाँ जान्छौ। आवश्यक परेका सबै कुरा गर्छौ,' उनले भने।

स्थायी कमिटी सदस्य वेदुराम भुसालले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगले ढिलाइ गर्नु ठिक नभएको बताए। उनले बहुमत सदस्य आफ्नो समूहमा रहेकाले ओलीलाई हराउन र उनका कदम गलत सावित गर्न आफूहरु तयार रहेको बताए।

'बहुमत त दुई तिहाइ भन्दा धेरै छ। त्यो भन्दा अरु के चाहियो। अरु कुराहरु आवश्क परेपनि हामी तयार नै छौ। ओलीले अब के गर्छन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell