PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हाँस्य विधामा मौका नपाएको भए रिटायर्ड भइसक्थेँ: बसुन्धरा भुसाल



लक्ष्मी बलायर

हाँस्य विधामा मौका नपाएको भए रिटायर्ड भइसक्थेँ: बसुन्धरा भुसाल

हाँस्य अभिनेत्री बसुन्धरा भुसालले नायक नायिकको भूमिका खोजेर फिल्म क्षेत्रमा लामो समय टिक्न नसकिने बताएकी छन्।

नायिकाकै भूमिकामा उनले खेलेका फिल्म पनि छन्। तर त्यसैलाई निरन्तरता दिएको भए आज आफू अभिनयबाट फुर्सदिली भइसक्ने बताउँछिन् उनी।

‘हुन त कतिपय हिरोको उमेर गए पनि नायककै भूमिकामा सक्रिय छन्। तर सँगैका नायिकाहरू रिटायर्ड भइसके। ७ वर्षको उमेरदेखि लागेर हालसम्म फिल्म उद्योगमा टिकिरहनु चानचुने कुरा होइन,' पहिलोपोस्टसँगको कुराकानीमा उनले सुनाइन्।

हाँस्य विधामा मौका पाउन गाह्रो भएको बताउने बसुन्धरालाई राज्यबाट पाएको ‘हाँस्य साम्राज्ञी’ को उपाधि निकै अतुलनीय लाग्छ।

अहो ती दिन ! विगत सम्झँदै चार नायिका - बाउको कुटाइ खाने, पैसा हैन प्रसाद पाउने त्यो जमाना

नेपाली सिने जगतकी पहिली नायिका भुवन चन्ददेखि हालका हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाह र आँचल शर्मासँग पनि एउटै फिल्ममा खेल्न पाउँदा दंग छिन् उनी।

उनी गर्वसाथ सुनाउँछिन्, ‘हाँस्य कलाकारको उमेर हुँदैन। हाँस्यको भूमिकामा यो उमेरमा मैले फ्रक नै लगाए पनि सुहाउँछ। सेतै फुलेका कपालमा कालो चस्मा लगाए नि दर्शकलाई नसुहाउँदो लाग्दैन।'

हाँस्य विधा बिस्तारै लोकप्रिय बन्दै गएकोमा निकै खुसी छिन् उनी। भन्छिन्, 'हाम्रो समयमा जस्तो जिस्काउने र हेप्ने अवस्था छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell