PahiloPost

May 16, 2026 | २ जेठ २०८३

दीपकराज गिरी भन्छन् : अदालतको फैसलालाई जित र हारका रुपमा हेर्दा देश हार्नेछ



पहिलोपोस्ट

दीपकराज गिरी भन्छन् : अदालतको फैसलालाई जित र हारका रुपमा हेर्दा देश हार्नेछ

काठमाडौं : प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलामाथि फिल्मकर्मी दीपकराज गिरीले सकारात्मक प्रतिक्रिया जनाएका छन्।

उनले फेसबुक स्टाटसमार्फत् लेखे,'यो जित कस्को? यो हार कस्तो? यसरी सोच्ने बुद्धि कसैमा पनि नआओस् नत्र दल र नेताहरूले त जित्लान्। देशले हार्नेछ।'

गिरीले यसअघि पहिलो पोस्टसँगको कुराकानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णयमाथि टिप्पणी गर्नुभन्दा अदालतको निर्णय पर्खनु उचित हुने बताएका थिए। भनेका थिए,'प्रधानमन्त्रीको निर्णयलाई ‘ऐतिहासिक’ वा ‘खत्तम’ भन्दिनँ। आक्रोशमा आएर सही वा गतल छुट्याउनु भन्दा पनि अदालतको निर्णय पर्खनु उचित हुन्छ।' 

सर्वोच्चको फैसला : यो जीत कस्को? यो हार कस्को ? यसरी सोच्ने बुद्धि कसैमा पनि नआओस नत्र दल र नेताहरूले त जित्लान ,देशले हार्नेछ

Posted by Deepak Raj Giree on Tuesday, February 23, 2021

संसद भङ्ग हुनुले चाहिँ पाँच वर्षका लागि स्थिर सरकार अपेक्षा गरेका जनताको मतविरुद्ध भएको बताएका थिए।

गिरी राजनीतिक तथा सामाजिक विषयरहरूमा आफ्नो मत खुलेर राख्छन्। जसको प्रभाव उनका फिल्महरूमार्फत् उठाउने विषयमा पनि देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell