PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

पशुपतिमा सुनको जलहरी राख्ने निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश, राष्ट्रपतिको उपस्थितिमा दिउँसै राखियो



पहिलोपोस्ट

पशुपतिमा सुनको जलहरी राख्ने निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश, राष्ट्रपतिको उपस्थितिमा दिउँसै राखियो

काठमाडौं : सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो। भण्डारीको इजलासले यसमा प्रधानमन्त्री र मन्त्रिपरिषद् कार्यालयसँग लिखित जवाफ पनि मागेको छ। साथै छलफलका लागि दुबै पक्षलाई फागुन १७ गते बोलाएको छ।

प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले पशुपतिमा जलहरी राख्ने निर्णयमा रोक लगाउन माग गर्दै सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए।

जलहरी राखेपछि आयो फैसला

सर्वोच्चले निर्णय यथावत राख्न आदेश दिनुअघि नै आजै दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरी फेरिएको छ।

राष्ट्रपति भण्डारीको उपस्थितिमा पशुपतिनाथमा सुनको जलहरी राखियो

रणबहादुर शाहले चढाएको चाँदीको जलहरी विभिन्न ठाउँमा फुटेपछि हाल सुनको जलहरीबाट त्यसको प्रतिस्थापना गरिएको हो। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पूजा गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell