PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रचण्ड माधवको प्रस्तावबारे छलफलका लागि काँग्रेस पदाधिकारी बैठक बस्दै



प्रचण्ड माधवको प्रस्तावबारे छलफलका लागि काँग्रेस पदाधिकारी बैठक बस्दै
फाइल फोटो

काठमाडौं : नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ। प्रतिनिधि सभा विघटनसम्बन्धी सरकारी कदमलाई सर्वोच्चले बदर गरेसँगै नेकपाका प्रचण्ड माधव पक्षले सत्ता सहकार्यको प्रस्ताव गरेपछि यसबारे छलफल गर्न काँग्रेसले बैठक डाकेको हो।

बुधवार नेकपा विरोधी खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न बुढानीलकण्ठ पुगेका थिए। भेटमा प्रचण्ड माधवले सहकार्यका लागि प्रस्ताव गरेका थिए। जवाफमा देउवाले पार्टीमा छलफल गरी अघि बढ्ने बताएका थिए।

यसै विषयमा छलफल गर्न दिउँसो ३ बजे देउवा निवासमा काँग्रेसको बैठक बस्न लागेको हो। बुधवारकै एक कार्यक्रममा देउवाले पद छाड्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले दबाव नदिने बताएका थिए।

महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति : आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा देउवाले यस्तो बताएका हुन्। ‘नेपालमा न्यायको जित भएको छ। प्रजातन्त्रको जित भएको छ। अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरी संसदीय व्यवस्थालाई सुदृढिकरण गर्ने मौका मिलेको छ। मलाई विश्वास छ, ओलीले अदालतको निर्णयपछाडि की त आफ्नो बहुमत पुर्‍याउनुपर्‍यो संसदमा, होइन भने छोड्दा राम्रो हुन्छ। तर उहाँलाई यसो गर, उसो गर भन्ने कुरा छैन। उहाँहरुको पार्टीको कुरा हो,’ देउवाको भनाई थियो।

काँग्रेसले प्रधानमन्त्री पद हेरेर हामफाल्नु हुँदैन : शशांक कोइराला

प्रचण्ड-माधव पक्षीय स्थायी कमिटीको निर्णय : तत्काल ओलीसँग एकता हुन्छ भन्नु भ्रम मात्र, स्थिरताका लागि काँग्रेससँग सहकार्य

महेश बस्नेतको दाबी : काँग्रेसको सहयोगमा अबको सरकार ओलीकै नेतृत्वमा बन्छ

ओलीले राजीनामा नदिने, संसद फेस गर्ने, पद छाड्ने विषय छलफलमा मात्र



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell