PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कोमल वलीको पक्षमा करिश्मा, भन्छिन्, ‘सेतै फुलेका बुज्रुकप्रति दया लाग्यो, छोरीचेलीबारे बोल्दा हेक्का राखौं’



पहिलोपोस्ट

कोमल वलीको पक्षमा करिश्मा, भन्छिन्, ‘सेतै फुलेका बुज्रुकप्रति दया लाग्यो, छोरीचेलीबारे बोल्दा हेक्का राखौं’

अभिनेत्री करिश्मा मानन्धरले नेकपा दाहाल-नेपाल समूहका नेता रघुजी पन्तको अभिव्यक्तिमा आपत्ति जनाएकी छन्।

पन्तको ‘कोमल वलीले सारी सरक्क सर्काएर गोरा पिडुंला देखाउँदै पोइला जान पाम भनेपछि सांसद बनेको’ अभिव्यक्तिको चर्को आलोचना भइरहेका बेला करिश्माले पनि विरोध जनाएकी हुन्।

मानन्धरले छोरीचेलीबारे बोल्दा शब्द चयनमा हेक्का राख्न पनि चेतावनी दिएकी छन्। पन्तको सकिर्ण सोंच देखेर आफूलाई दया लागेको उनको भनाइ छ।

‘ठूला ठूला विचार बोक्छु भन्ने दावी गरेका, ठूला ठूला नाम भएका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्को प्रति टिप्पणी र प्रतिकार गर्ने शब्द चयन देखेर आश्चर्यमा परें,’ करिश्माले भनेकी छन्, ‘घोचपेच र ठट्यौलीको अभिव्यक्ति हो कि भन्ने भान पनि भान हुन्थ्यो। अब त हुँदा हुँदा शब्दमा अपराधिक मानसिकता पनि देखिन थाल्यो। त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको संकीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फुलेका बुज्रुकप्रति दया पनि लाग्यो।’

सुझाव दिँदै करिश्माले अगाडि भनेकी छन्, ‘आदरणीय, पहिला आफुले आफुलाइ सम्मान गर्नुस्, अनि अरुलाई सम्मान गर्न स्वत: सक्नुहुनेछ। छोरीचेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस्, ताकी समाजले यो सुन्नु पर्दा लज्जा महसुस नहोस्।’

ठुला ठुला विचार बोक्छु भन्ने दावी गरेका , ठुला ठुला नाम भयेका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्काे प्रति टिप्पणी र...

Posted by Karishma Manandhar on Sunday, February 28, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell