काठमाडौँ: प्रहरीले शुक्रबार साढे २ किलो युरेनियमा बरामद गरेको भन्दै पत्रकार सम्मेलन गर्यो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलनमा उच्च सम्वेदनशील मानिने युरेनियम समेत देखायो। प्रहरीले युरेनियमा-२३८ भएको दाबी गर्यो। अनि बजार मूल्य ५ अर्बभन्दा बढी। प्रहरीले पनि ठ्याक्कै यसको मुल्य बताउन सकेन।
'युरोनियम -२३५ भएको भए १ किलोको १८ अर्बसम्म पर्थ्यो। यो २३८ भएकाले ठ्याक्कै यति भन्न सकिएन। तर ५ अर्बभन्दा माथि नै हो,' महानगरीय प्रहरी कार्यालय रानिपोखरीका एआइजी हरिबहादुर पालले भने।
हुन त लागुऔषध, बहुमुल्य धातु, धार्मिक आस्थाका वस्तुमा आवश्यकता अनुसार मुल्य निर्धारण हुने गरेको छ। तर यति चाहिँ हो युरेनियम सबैभन्दा मुल्यवान धातुमा गनिन्छ।
प्रहरीले युरेनियम भनेर सार्वजनिक गरेको युरेनियमा -२३८ धातु युरेमियमा नै हो त? कि के हो? प्रहरीले धातु नेपाल विज्ञान तथा प्राविधिक प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा परिक्षण गराएको दाबी गरेको छ। त्यही भएर नै युरेनियम भएर सार्वजनिक गरेको तर्क गरिरहेको छ।
हामीले यही प्रश्न नास्टका प्रवक्ता डाक्टर सुरेशकुमार ढुंगेललाई गरेका थियौँ। प्रहरीले आज सार्वजनिक गरेको धातु युरेनियम नै हो त? प्रवक्ता ढुङ्गेलले भने,'रेडियो एक्टिभ पदार्थ हो। रेडियसन उच्च देखाएको हुँदा सम्भावना युरोनियमको कच्चा पदार्थ हो भन्ने मात्र हो । प्रारम्भिक परीक्षणले युरेनियमको कच्चा पदार्थ हो। रेडियोधर्मी पदार्थ हो।'
उनले पनि युरेनियम २३८ भएको दाबी गरेका छन्। यसलाई प्रशोधन गर्दा युरेनियम २३९ बन्ने समेत बताए। प्रहरीले सार्वजनिक गरेको धातु युरेनियमको कच्चा पदार्थ भएको दाबी गरेका छन्। उनी नेपालमा युरेनियमको परीक्षण गर्न सक्ने तर्क गर्छन्।
युरेनियमको आइसिपी एमएस भन्ने मेसिनले परीक्षण गर्छ। यसबाट भने प्रष्टरुपमा युरेनियम भएको छुटिन्। अहिले नाष्टमा भने यो उपकरणबाट परीक्षण भएको होइन।
'कच्चा पदार्थ समेत बरामद हुनु डरलाग्दो विषय हो। नेपालमा कहाँबाट आयो भन्ने खोज्नुपर्ने देख्छु,' प्रवक्ता ढुङ्गेलले भने।
प्रहरीले पक्राउ गरेकामा ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षकै जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र २० वर्षीय मनोज न्यौपाने रहेका छन्। नारायण सिंह र जानुका रामेछाप लिखु तामाकोशी गाउँपालिकाका हुन्। चौहान रामेछापकै बागजोरका हुन्। न्यौपाने भने सिन्धुली सुनकोशी गाउँपालिकाका हुन्।
यो पनि