PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माओवादीले आफ्नो कोटाबाट मन्त्री बनेकालाई बोलायो फिर्ता, एमाले केन्द्रीय सदस्य बनेका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण



प्रकाश भण्डारी

माओवादीले आफ्नो कोटाबाट मन्त्री बनेकालाई बोलायो फिर्ता, एमाले केन्द्रीय सदस्य बनेका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं : नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई तत्काल सरकार छाड्न निर्देशन दिएको छ। शनिवार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको नेता लिलामणि पोखरेलले जानकारी दिए।

माओवादीको कोटाबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा रहेका छन्। उनीहरु सरकारबाट नफर्के कारबाही हुने स्थायी कमिटी सदस्य पोखरेलले जानकारी दिए।

२३ जना केन्द्रीय सदस्यलाई स्पष्टीकरण

त्यसैगरी माओवादी केन्द्रले एमालेमा केन्द्रीय सदस्य बनेका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। उनीहद्ये २४ घण्टाभित्र पार्टीमा फर्किने वा दलत्यागबारे स्पष्टीकरण दिनुपर्ने र त्यसो नगरेमा कारबाही अघि बढाइने माओवादीको तयारी छ।

शुक्रबार एमालेले गृहमन्त्री रामबहादुर थापालगायत माओवादीका नेताहरुलाई जिम्मेवारी दिनुका साथै २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो।

नमान्नेलाई के कारवाही?

माओवादीले दलको निर्देशन नमान्ने नेताहरुलाई कारवाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। उनीहरुलाई पार्टीबाट निस्कासन गर्नुका साथै केही मन्त्रीको सांसद पदसमेत खुस्कने बताइएको छ।

माओवादीबाट मन्त्री बनेका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह सांसद हुन् भने मणि थापा र दावा तामाङ सांसद हैनन्। यसैगरी केन्द्रीय सदस्य बनेका प्रदेशका केही मन्त्रीको सांसद पद पनि खुस्कने माओवादी केन्द्रले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell