PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

गुट संचालन गर्ने ओलीबाट पीडित बनेकाहरु आज एकै ठाउँ भेला भएका छन् : माधव नेपाल



पहिलोपोस्ट

गुट संचालन गर्ने ओलीबाट पीडित बनेकाहरु आज एकै ठाउँ भेला भएका छन् : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गुटको सुरुवात गरेको बताएका छन्।

सानेपामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मदन भण्डारी फाउण्डेसनबाट ओलीले गुटलाई बढावा दिइरहेको आरोप लगाए।

ओलीबाट नेकपा एमालेमा धेरैजना पीडित बनेको भन्दै उनले आज सबैजना पीडित एकैस्थानमा भेला भएको समेत बताए।

' ओलीले नेताहरुलाई एकअर्काबीच भिडाउने काम गरे। विधिप्रक्रिया मिच्ने देखि पूर्वाग्रहसम्म राखे। तपाई पनि पीडित। हामी पनि पीडित। पीडित पीडित एक ठाउँमा भेला भएका छौं' उनले भने।

ओलीले गुट संचालन गरेर पार्टीलाई नै धवस्त बनाउन खोजेको भन्दै आफूहरुले कम्युनिस्ट पार्टी कस्तो कसरी चलाउने भनेर नयाँ बहस चालेको उनले बताए।

सम्बन्धित समाचार : पुराना नेताहरुलाई साक्षी राखेर माधव नेपालले भने : अहिले वितण्डाको जिम्मेवार ओली नै, एक भारी प्रमाण छ

नेपालले ओली समूहले योगेश भट्टराई हस्ताक्षर दुरुपयोग गरेर भेला स्थगित भएको समाचार सम्प्रेषण गरेको आरोप समेत लगाए।

'मैले पनि सुनें। यहाँ त साइबर स्यालहरु अहिले पनि जिउँदैछन्। बाँचिरहेका छन्। नेकपा हुँदाखेरी होला भनेको त, नेकपा एमाले हुँदा त हराए होलान भनेको बाँकी नै रहेछन्।'

उनले 'साइबर स्याल' देखि होसियार रहन र भ्रमपूर्ण समाचारमा नपर्न कार्यकर्तालाई आग्रह गरे।

नेता नेपालले अहिलेको लडाइँ पदको नभइ सिद्धान्त, नीति र विधिबाट संचालन हुने पार्टी निर्माणसँगको जोडिएको लडाइँ भणएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell