PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

काठमाडौं उपत्यकाभित्र वर्षनी १३ सय भन्दाबढी मोटरसाइकल हराउँछन्, नम्बर फेरेर ३० हजारदेखि एक लाख रुपैयाँसम्म बिक्री



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र वर्षनी १३ सय भन्दाबढी मोटरसाइकल हराउँछन्, नम्बर फेरेर ३० हजारदेखि एक लाख रुपैयाँसम्म बिक्री

काठमाडौंः काठमाडौं उपत्यकाभित्र वर्षनी १३ सय भन्दा बढी मोटरसाइकल हराउने गरेका छन्।

विभिन्न स्थानमा पार्किङ गरेको अवस्थामा, घरबाटै समेत मोटरसाइकल हराउने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्षको फागुन महिनासम्म १ हजार १५ वटा मोटरसाइकल हराएको उजुरी महाशाखामा परेको छ। हराएकामध्ये  ३ सय ३१ वटा मोटरसाइकल फेला पारेको छ। जसमध्ये चोरी भएका २ सय ८६ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइएको छ। चोरीको अभियोगमा ४५ जना मानिस समातिएका छन्।

त्यस्तै आर्थिक वर्ष२०७५/७६ मा १ हजार ७ सय १० वटा मोटरसाइकल हराएको भन्दै प्रहरीमा उजुरी परेको थियो। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँबाट सबैभन्दा धेरै मोटरसाइकल हराएका छन्। प्रहरीले ४ सय ६ वटा मोटरसाइकल फेला पारेको थियो। जसमा २ सय ९२ वटा मोटरसाइकल चोरी भएको र सम्बन्धी धनीलाई बुझाएको हो। चोरीको अभियोगमा ८१ जना मानिसलाई नियन्त्रणमा लिइएको थियो।

'पछिल्लो समय हामीले सादा पोसाकमा चोरी भएका मोटरसाइकल खोजी गर्न टिम बनाएर काम गरिरहेका छौँ। त्यसैले पनि चोरीका मोटरसाइकले भेटिने दर बढेको छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनकराज भट्टराईले भने।

आर्थिक वर्ष २०७६/७७ मा प्रहरीले काठमाडौं उपत्यकाभित्रबाट ३ सय ७५ वटा मोटरसाइकल फेला पार्‍यो। सोही समयमा  १ हजार ३ सय ७९ वटा मोटरसाइकल हराएको भन्दै प्रहरीमा उजुरी परेको थियो। ३ सय २८ वटा मोटरसाइकल चोरी भएको खुलेपछि सम्बन्धित धनीलाई बुझाइएको थियो। चोरीको अभियोगमा भने ३८ जना मानिस पक्राउ परे।

चोरी भएका मोटरसाइकलको नम्बर प्लेट र अन्य पार्टपुर्जा परिवर्तन गरेर काठमाडौं उपत्यकासँग जोडिएका जिल्लाहरूमा बिक्री गर्ने गरेको खुलेको छ। अभियुक्तहरूले ३० हजार रुपैयाँदेखि १ लाखसम्म यस्ता चोरीका मोटरसाइकल बेच्ने गरेको प्रहरीले जानकारी दिएको छ।

बाइक चोरी हुँदाको चक्कर : मोटरसाइकल त भेटियो, चोर चाहिँ खोई?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell