PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

ओली र माधव समूहको टक्कर: नेपाल समूहले स्थायी कमिटी बोलाएपछि ओलीले डाके संसदीय दलको बैठक



ओली र माधव समूहको टक्कर: नेपाल समूहले स्थायी कमिटी बोलाएपछि ओलीले डाके संसदीय दलको बैठक

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल समूहबिच विवाद बढ्दै गइरहेको छ। दुवै समूहले गुटगत गतिविधिलाई तिब्रता दिएका छन्।

शुक्रवार नेपाल समूहले ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो। यता प्रधानमन्त्री ओलीले नेपाल समूहलाई काउन्टर दिँदै शुक्रवार नै दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन्।

ओलीले बालुवाटारमा दलको बैठक बोलाएको संसदीय दलका उप-नेता सुवास नेम्वाङले जानकरी दिए। 'बालुवाटारमा ३ बजेका लागि प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो,' नेम्वाङले भने।

चैत १८ गते बस्ने संसद बैठकका लागि रणनीति तय गर्न बैठक बस्न लागेको उनको भनाई छ।

नेपाल समूहले शुक्रवार बिहान ११ बजे कलंकीमा केन्द्रीय कमिटीको बैठक बोलाइएको नेपाल समूहका नेता गंगालाल तुलाधरले जानकारी दिए।

ओली समूहले नेपाल सहित उपध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई सोमवार चैत ९ गते स्पष्टिकरणको पत्र बुझाएको थियो। ३ दिन भित्र जवाफ पेश गर्न मन्दी महासचिव ईश्वर पोखरेलले उनीहरुलाई पत्र पठाएका थिए।

उक्त पत्रको जवाफ दिन भन्दै मंगलवारदेखि नै नेपाल समूहले छलफल तिब्र बनाएको छ। बुधवार दिनभर छलफल गरेको नेपाल समूहका नेताहरुले बिहीवार पनि आन्तरिक छलफललाई तिब्रता दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell