PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

रेशम चौधरीलाई डिल्लीबजार कारागार पुगेर भेटे एमाले सांसद महेश बस्नेतले



पहिलोपोस्ट

रेशम चौधरीलाई डिल्लीबजार कारागार पुगेर भेटे एमाले सांसद महेश बस्नेतले

काठमाडौंः नेकपा एमालेका सांसद महेश बस्नेतले कारागार पुगेर निलम्बनमा रहेका सांसद रेशम चौधरीलाई भेटका छन्।

शुक्रवार बिहान सांसद बस्नेतले डिल्लीबजार कागारा पुगेर चौधरीलाई भेटेका हुन्। चौधरी जनता समाजवादी पार्टीबाट सांसद बनेका छन्। कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

सत्ता समीकरणकै चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले नेतृत्व गरेको दल एमाले अन्य दलसँग पनि सहकार्यको परामर्शमा छ। पछिल्ला दिनमा जनता समाजवादी पार्टी (जसपा) सँग एमालेले वार्ता अघि बढाइरहेको छ। पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भएको सांसद बस्नेतले जानकारी दिए।

जसपाले मुख्य तीन मुद्दा वार्तामा प्राथमिकतासाथ उठाएको छ। पहिलो कैलालीबाट निर्वाचित भएका तर फौजदारी कसुर स्थापित भएपछि हाल थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइ हो।

२०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा  जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए। रेशम चौधरीलाई उच्च अदालतले समेत टीकापुर प्रकरणमा जन्मकैदको सजाय सुनाइसकेको छ। उक्त मुद्दा चौधरीका तर्फबाट अहिले सर्वोच्चमा पुनरावेदन परेको छ।

सम्बन्धित समाचार

कैद मिनाहा भएमा रेशम चौधरी सांसद रहन्छन्? सम्भव छैन, तर छन् यस्ता विकल्प



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell