PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कारको स्पेयर टायरमुनि १ करोड ४७ लाख रुपैयाँ सहित समातिएका अंकित अग्रवालको रकम अवैध, अनुसन्धानमा सुन किन्न रकम ल्याएको देखियो



पहिलोपोस्ट

कारको स्पेयर टायरमुनि १ करोड ४७ लाख रुपैयाँ सहित समातिएका अंकित अग्रवालको रकम अवैध, अनुसन्धानमा सुन किन्न रकम ल्याएको देखियो

काठमाडौंः कारमा १ करोड ४७ लाख रुपैयाँ बोकेर हिड्ने अंकित कुमार अग्रवालको रकम अवैधानिक ठहर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानले रकम अवैधानिक ठहर भएको हो।

कपिलवस्तुका संगम चौधरीले काठमाडौं ल्याउँदै गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बर को कारलाई रोकी चेक गर्ने क्रममा रकम फेला परेको थियो। गत पुसमा प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट भारतको गोरखपुर घण्टाघर घर भएका ३० वर्षीय अमितकुमार गुप्ता भनिने अंकित अग्रवाल र कपिलबस्तु बाँडगँगा नगरपालिका ४ बस्ने २२ वर्षीय संगम थारु समातिएका थिए।

कारभित्र रहेका तीनवटा कालो रंगका झोलामा १ करोड ४७ लाख रुपैयाँ भेटिएको थियो। सबै नोट १ हजारका थिए। कुनै नयाँ त कुनै पुराना नोटका बन्डल। गुप्ताको शरीर खानतलासी गर्दा थप ८६ हजार रुपैयाँ पनि भेटियो थियो।

कारको स्पेयर टायरमुनि १ करोड ४७ लाख ! सामान्य देखिने अमितसँग कहाँबाट आयो यत्रो धन?

विभागले गरेको अनुसन्धानमा उनले कारमा ल्याएको रकम भारतीय नागरिक अंकित कुमार अग्रवालले अवैध सुन खरिद गर्नका लागि ल्याएको खुल्न आएको हो।

अग्रवालले सचिन टेवडेवाल भन्ने सचिन कुमार अग्रवालवाट प्राप्त गरी नुर महोमद भन्ने नुरुद्धीन अन्सारीलाई दिई सुन लिनका लागि सव रकम ल्याएका थिए। यी व्यक्तिहरुले सुन तस्करीको अवैध कारोवारमा संलग्न रही सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरेको तथ्य पुष्टि भएको विभागले जनाएको छ। 

यी व्यक्तिहरु विरुद्ध विभागले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। यस्तै विभागले २ करोड ९२ लाख रुपैंया समेत माग दाबी गरेको छ। यी व्यक्ति विरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ्ग) निवारण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया बढ्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell