PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

विद्यार्थीको विद्रोहबारे सेन्ट मेरिजको खण्डन 



पहिलोपोस्ट

विद्यार्थीको विद्रोहबारे सेन्ट मेरिजको खण्डन 

काठमाडौं : विद्यार्थीमाथि भएको दुर्व्यवहारको विषयलाई लिएर सेन्ट मेरिज प्रशासनले मुख खोलेको छ। विद्यालय विद्यार्थीहरुलाई शिक्षाका अतिरिक्त नैतिकवान, अनुशासित र दक्ष बनाउने थलो भएको उल्लेख गर्दै त्यहाँ अध्ययनरत छात्राहरुलाई त्यसै मूल मर्ममा आधारित भएर शिक्षा दिँदै आएको सेन्ट मेरिजले दावी समेत गरेको छ। 

सेन्ट मेरिजमा अध्ययनरत विद्यार्थी र पूर्व विद्यार्थीले सामाजिक सञ्जालमा विद्यालयभित्र भइरहेका गतिविधिमाथि प्रश्न उठाउँदै विभेदको विषय सार्वजनिक गरेका थिए। यसरी सार्वजनिक गर्नेमध्ये केही विद्यार्थी पहिलोपोस्टको सम्पर्कमा आएका थिए। त्यसैका आधारमा यससम्बन्धि समाचार प्रकाशित भएको हो। 

'यस विद्यालयमाथि देशको संविधान र कानुनमा भएको व्यवस्थाका विरुद्धमा प्रकाशन र प्रसारण गरेर पत्रकारिताका नाममा शिक्षाको मन्दिरमा हिलो छ्याप्ने प्रयास भएको छ,' सेन्ट मेरिजले जारी गरेको खण्डनमा भनिएको छ, 'विद्यालयका दैनिक क्रियाकलापका बारेमा बेनामे सामाजिक सञ्जालका विषयवस्तुहरुलाई एकपक्षीय रुपले सत्यतथ्यको छानविन नगरी आम छात्राहरु, वर्षौदेखि शिक्षा क्षेत्रमा अनवरत रुपमा कार्यरत शिक्षक शिक्षिकामाथि आक्षेप लगाई, सामाजिक सद्भावमा खलल पुर्याकउने गरी पूर्वाग्रही भएर समाचार प्रकाशन गरिएको छ।' 
पढ्नुस् खण्डनको पूर्ण पाठ - 

सम्पादकीय नोट :
हामी प्रकाशित सामग्रीको सत्यतामाथि दृढ छौं। एकपक्षीय भनेर समाचारप्रति आलोचना गर्नुअघि विद्यालय प्रशासनले यस विषयमा प्रश्न गर्दा पटकपटक हामीसँग पन्छिएको स्मरण गर्न चाहन्छौं। 

यसै विषयमा विद्यालयको धारणा बुझ्न पूर्व सहमतिअनुसार समय लिएर चैत २० गते बिहान १० बजेभन्दा अगाडि नै विद्यालय पुगेका हाम्रा संवाददातालाई 'समय छैन' भन्दै फर्काइएको थियो। त्यसै दिन दिउँसो ११:४६ बजे मोबाइलमा प्रिन्सिपलसँग तीन मिनेट कुरा गरेको रेकर्ड हामीसँग छ। तर, प्रष्ट रुपमा प्रश्न गर्दा 'फोन काट्दै' जवाफ दिनबाट उनी पन्छिइन्। हामीसँग त्यसको कल डिटेल र कुराकानीको रेकर्ड दुवै रहेको जानकारी गराउँछौं। यस विषयलाई लिएर त्यहाँ अध्ययनरत विद्यार्थीहरुमाथि कारवाहीको त्रास फैलाएको सूचना पनि हामीले पाइसकेका छौं। सेन्ट मेरिजलाई आफूले शैक्षिक वातावरण सुधार्न र विद्यार्थीलाई त्रसित बनाउने कार्य नगर्न पनि हाम्रो विनम्र अनुरोध छ।

सम्बन्धित समाचार

सोसल मिडियाबाट विद्रोहमा सेन्ट मेरिजका विद्यार्थी : कपालको आकारले छेड्यो बहस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell