PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माओवादीका चार सांसद पदमुक्त, सभामुखले सदनलाई गराए जानकारी



पहिलोपोस्ट

माओवादीका चार सांसद पदमुक्त, सभामुखले सदनलाई गराए जानकारी

काठमाडौं: नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदलाई संघीय संसद सचिवालयले पदमुक्त गरेको छ।

कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीलाई पदमुक्त गरेको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा गराएका हुन्।

माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भई सो दलको केन्द्रीय सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) गरिदिन भनेर दल त्यागको सूचना मंगलवार संसद सचिवालयमा दिएका थिए। 

सूचनाको दुई दिनपछि बिहीवार सभामुखले चारै जनाको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको जानकारी गराएका हुन्। सभामुखले राजनीतिक दल सम्बन्धी ऐनको दफा ३५ (१) र प्रतिनिधिसभा नियमावलि २०७५ को नियम २१२ (१) बमोजिम सदनलाई जानकारी गराए। 

पदमुक्त भएका चारै जना प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा मन्त्री छन्।

सम्बन्धित समाचार

एमाले प्रवेश गरेर सांसदको हैसियत गुमाउन लागेका माओवादीका ४ नेताको मन्त्री पद के हुन्छ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell