PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

जसपा नेताहरु तीन दलको बैठकमा सहभागी हुन पुगे देउवा निवास



जसपा नेताहरु तीन दलको बैठकमा सहभागी हुन पुगे देउवा निवास

काठमाडौं : बुढानिलकण्ठस्थित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। केपी शर्मा ओली सरकारलाई हटाएर नयाँ सरकार बनाउने विषयमा केन्द्रीत हुने बैठकमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु छलफलमा जुटेका हुन्।

बैठकमा सहभागी हुन जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेता राजेन्द्र महतो देउवा निवास पुगेका छन्।

जसपा नेताहरुभन्दा अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका थिए। उनीसँगै नेता नारायणकाजी श्रेष्ठ लगायतका नेतापनि देउवा निवास पुगेका छन्।

देउवाले आज माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई छलफलका लागि बोलाएका थिए।

सम्बन्धित समाचार : निर्णायक कदमका लागि जुट्दै तीन दल, के आजै होला नयाँ सरकार गठनको लागि 'ब्रेक थ्रु' ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell