PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यस्तो देखियो टुँडिखेलमा यसपटकको घोडेजात्रा

यस्तो देखियो टुँडिखेलमा यसपटकको घोडेजात्रा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आइतबार टुँडिखेलमा घोडेजात्रा मनाइएको छ। नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गरी घोडेजात्रा मनाएको हो।

घोडेजात्रा अवलोकनका लागि टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका अतिथिहरु पुगेका थिए।

जात्रामा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए। साथै साइक्लिङ र कुकुरहरुको प्रस्तुती समेत गरिएको थियो। टुँडिखेलभित्र घोडेजात्रा मनाइँदै गर्दा बाहिर भने जात्रा हेर्न सर्वसाधरणहरुको भिड थियो।

जंगबहादुर राणाको पालादेखि यसरी टुँडिखेलमा तामझामका साथ सेनाले घोडेजात्रा समारोह आयोजना गर्दै आएको हो।

गुरुमापा भन्ने तुण्डि नामको राक्षसले केटाकेटी खाएर आतंकित पारेपछि शहरवासीले अनेक उपाय लगाएर राक्षसको संहार गरेको तर शहरवासीले राक्षसको आत्मा टुंडिखेलको पूर्व दक्षिणमा रहेको रुखको फेदमा जिवितै रहेको विश्वास गरेका कारण गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउन घोडेजात्रा पर्व मनाउन थालिएको जनविश्वास छ।

आज राति टुँडिखेलमा तीनजना अजिमाहरुको खट समेत जुधाउने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell