PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु



पहिलोपोस्ट

ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ।

सोमवार १ बजेका लागि बोलाइएको बैठक केही बेर अघि सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य विशाल भट्टराईले जानकारी दिए। 'बैठक केही बेर अघि सुरु भएको छ,' उनले भने।

बैठकमा ओलीले पछिल्लो परिस्थितिमा सरकार कसरी अघि बढ्दा ठिक होला? भन्ने विषयमा सदस्यहरुबाट राय लिने  तयारी गरेका छन्। त्यसैगरी, बैठकले विभिन्न स्थानमा पार्टीलाई असहयोग गर्ने नेताहरुलाई कारबाही अघि बढाउने पनि तयारी गरेको स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए।

'कारवाहीका लागि सिफारिस भएका नेता र अरु केही नेताहरुमाथि कारवाही हुन्छ,' नेम्वाङले भने, 'पार्टीका विभिन्न निकाय गठन गर्नुपर्ने छ। त्यसको बैठको सामान्य मिति तोक्ने र अब कसरी अगाडि बढ्ने भन्ने एउटा साझा धारणा पनि बनाउनु छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell