PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

धरहरामा राखियो गजुर र शिवलिंग, आकाशबाट यस्तो देखियो टावर

धरहरामा राखियो गजुर र शिवलिंग, आकाशबाट यस्तो देखियो टावर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नवनिर्मित धरहरामा विधिवत् रुपमा गजुर राखिएको छ। आज बिहान पूजा गर्दै गजुरका साथै २२ औं तल्लामा शिवलिंग समेत स्थापना गरिएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पूजा गर्दै विधिवत् रुपमा गजुर र शिवलिंग स्थापना गरेका हुन्।

यही बैशाख ११ गते प्रधानमन्त्र केपी शर्मा ओलीले धरहरा टावरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

अहिले निर्माणको अन्तिम चरणमा रहेको आधुनिक धरहरा पहिला भन्दा फरक हुनेछ। चुना र सुर्कीले बनेको पुरानो धरहारलाई सिमेन्ट र फलामले बनेको टावरले प्रतिस्थापन गर्नेछ। नयाँ धरहरा नौ तले होइन २२ तलाको हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell