PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

५ वर्षअघिको त्यो रहस्मय मृत्यु : विदेशबाट आएका श्रीमानको खानामा श्रीमतीले नै मिसाएथिन् विष



पहिलोपोस्ट

५ वर्षअघिको त्यो रहस्मय मृत्यु : विदेशबाट आएका श्रीमानको खानामा श्रीमतीले नै मिसाएथिन् विष

काठमाडौं : पाँच वर्षअघि श्रीमानलाई विष खुवाएर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले धादिङ घर भएर भक्तपुर सूर्य विनायक बस्ने २९ वर्षीय पार्वती थापा मगरलाई नियन्त्रणमा लिएको हो। पार्वतीले २०७२ माघ २८ गते ३२ वर्षीय श्रीमान् विष्णु थापा मगरलाई विष खुवाएर हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको हो।

वैदेशिक रोजगारीमा गएका विष्णु घटना भएको अघिल्लो दिनमात्र २२ महिनापछि विदेशबाट फर्किएका थिए। २८ गते बिहान पार्वतीले आफ्ना छोराछोरीलाई बिहान बासी खाना खुवाएर स्कुल पठाएकी थिइन्। तर, साढे ९ बजेतिर पार्वतीले पकाएको गहतको दाल, अण्डा करी र भात खाएका विष्णु एक्कासी छटपटाउन थालेपछि मध्यपुर अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको थियो।

उपत्यकामा अपराधको ग्राफ : बैंकिङ् कसुर बढ्दो, लकडाउनमा कस्ता कस्ता 'केस'?

त्यसपछि पार्वतीले नै  ज्यान सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएकी थिइन्। अनुसन्धानका क्रममा मृतकको भिषेरा, घटनास्थलबाट उठाइएको गहतको दाल, अण्डा करी, खाना (भात) तथा मुछिएको खाना परीक्षण गर्दा कीटनाशक विषादी भेटिएको थियो। त्यसपछि मृतकका भाइले २०७४ पुस २७ गते कर्तव्य ज्यानमा पार्वतीविरुद्ध किटानी जाहेरी दिएको परिसरका डीएसपी दीपक गिरीले जानकारी दिए।

प्रहरीको अनुसन्धानमा पार्वतीको अन्य पुरुषसँग सम्बन्ध रहेकाले हत्याको घटना भएको खुलेको दावी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell