PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

धरहरा उभियो, स्वास्थ्य मापदण्ड मिचियो

धरहरा उभियो, स्वास्थ्य मापदण्ड मिचियो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज नवनिर्मित धरहराको उद्घाटन गरेका छन्। धरहरा निर्माण परिसरमा आयोजित कार्यक्रममा ओलीले अब धरहरा कहिलै नढल्ने भन्दै सबैलाई दिपावली गर्न आग्रह समेत गरे।

सम्बन्धित समाचार : धरहरा उद्घाटन भएको खुसीयालीमा दीपावली गर्न काठमाडौंबासीलाई प्रधानमन्त्रीको आह्वान

हाल देशभर कोभिड १९ संक्रमण बढ्दै गएको र काठमाडौं उपत्यकामा कोरोना संक्रमितको दर बढ्दै जाँदा सरकारले नै २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको थियो। तर, सरकारी पक्षबाट नै आफ्नो निर्देशनको पालना भएको छैन।

सयौं मानिसको उपस्थितिमा धरहरा उभिएकोमा गर्व भएको भन्दै प्रधानमन्त्रीले भनिरहँदा कोरोना संक्रमणका लागि स्वास्थ्य मापदण्ड उल्लंघन भयो।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आवश्यकता अनुसार कार्यक्रम व्यवस्थित र मापदण्ड भित्र रहेर गर्न सक्ने थियो। तर प्रधानमन्त्रीको धेरै चासो रहेको नयाँ धरहराको सबै निर्माण प्रक्रिया नसकिँदै उद्घाटनको हताारोमा त्यसो सम्भव भएको देखिएन। कार्यक्रमस्थल भित्र भिड त थियो नै कार्यक्रमस्थल बाहिर पनि उद्घाटन हेर्नेको उत्तिकै घुइँचो थियो।

सबैलाई मास्क अनिवार्य लगाउन भनिएपनि भौतिक दूरीको पालना भएन।

यसअघि पनि प्रधानमन्त्री कार्याल बालुवाटारबाटै स्वास्थ्य मापदण्ड उल्लंघन भएको भन्दै आलोचना समेत भएको थियो।  



ट्रेन्डिङ पोस्ट

Ncell