PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

दीप बस्न्यातको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको कारण देखाउ आदेश



पहिलोपोस्ट

दीप बस्न्यातको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बस्न्यातले शुक्रवार छोरीज्वाईं प्रज्वल अधिकारीमार्फत स्वास्थ्य अवस्था प्रतिकूल भएकाले धरौटीमा रिहा भएर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका थिए। निवेदनमा थुनामा राख्ने विशेष अदालतको निर्णय बदरको माग गरिएको छ।

आइतवार न्यायाधीश मीरा खड्काको एकल इजलासले सरकार र विशेष अदालत बबरमहलाई समेत विपक्षी बनाइएको निवेदनमा सुनुवाइ गर्दै बस्न्यातलाई थुनामा राख्नुको कारण देखाउ आदेश जारी गरेको हो।

थुनामै कोरोना संक्रमण भएर बस्न्यात हाल चाबहिलस्थित ओम अस्पतालमा छन्।

बस्न्यातले आफ्नो निवेदनमा आफ्नो उमेर ६९ वर्ष हुनुका साथै मुटु रोग लगायतका साविकदेखि नै विभिन्न रोगले पीडित रहेको र अहिले कोरोना संक्रमण भएर चावहिलस्थित ओम अस्पतालको काई केयर युनिटमा भर्ना भई उपचार भइरहेको पनि उल्लेख गरेका छन्। ‘कोरोनाको संक्रमण अत्यन्तै गम्भीर हुन पुगि मलाई अक्सिजनको सपोर्टमा श्वासप्रश्वास गराई राखिएको अवस्था रहेको छ। मेडिकल साइन्सले कोरोना संक्रमणमा सिटी भ्यालु मापन गर्दा २८ भन्दा बढी हुनुपर्ने मापदण्ड राखेकोमा मेरो सिटी भ्यालु १२.७२ मात्रै रहेको छ। मुटुको पुन सल्क्रिया नगरे जीवन नै जोखिममा पर्ने अवस्था समेत रहेको छ। अत: यस अवस्थामा म निवेदकलाई मानवीय दृष्टिकोणले समेत बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुनुपर्ने निवर्ववाद छ,’ निवेदनमा माग गरिएको छ।

अख्तियारले बालुवाटारको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा बस्न्यातसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध यसअघि माघमा बस्न्यातले सर्वोच्चमै निवेदन दिएका थिए। तर मिसिल झिकाउने आदेश भएर विचाराधिन रहेका बेला बस्न्यातका तर्फबाट ज्वाईंले धरौटीमा रिहा गर्ने आदेशको माग गर्दै शुक्रवार अर्को निवेदन दर्ता गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell