PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

चीनबाट पहिलो चरणमा अक्सिजन सिलिण्डर भोलि आइपुग्ने, वायुसेवा निगमको विमानमा लोड हुँदै



पहिलोपोस्ट

चीनबाट पहिलो चरणमा अक्सिजन सिलिण्डर भोलि आइपुग्ने, वायुसेवा निगमको विमानमा लोड हुँदै
फोटो: चिनियाँ पत्रकार सन सीवेइको ट्वीटरबाट

काठमाडौं: कोभिड-१९ विरुद्धको लडाईंका लागि चीनले नेपाललाई थप स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। बेइजिङमा चिनियाँ अधिकारीहरुले चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई सहयोग हस्तान्तरण गरेको नेपाली दूतावासले जनाएको छ।

चीनले हस्तान्तरण गरेको सहयोग सामाग्री लिन नेपाल वायु सेवा निगमको विमान चीन पुगेको छ। 

कोभिड-१९ विरुद्धको लडाईंमा रहेको नेपाललाई चीनले २० हजार थान अक्सिजन सिलिण्डर सहयोग गर्दैछ। पहिलो चरणमा वायु सेवा निगमको विमानले भोली मंगलवार दिउँसो २:३५ बजे नेपाल आइपुग्ने तालिका रहेको निगमले जनाएको छ। 

पहिलो चरणमा मंगलवार चार सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर नेपाल आइपुग्ने छ। दक्षिण एसियाली मुलुकहरुका विदेशमन्त्री स्तरीय भिडियो कन्फ्रेन्समा चीनले नेपाललाई थप पाँच मिलियन आरएमबी बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा गरेको थियो। 

त्यस्तै शुक्रबार मात्र चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले नेपाललाई सहयोग पठाउनका लागि पहिलो चरणमा स्वास्थ्य समाग्री तयार रहेको जानकारी दिएका थिए। सोही अनुरुप स्वास्थ्य सामाग्री दूतावासलाई चीनले हस्तान्तरण गरेको हो। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell