PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गण्डकीमा जनमोर्चाका अर्का सांसदले पनि छाडे विपक्षी गठबन्धन



पहिलोपोस्ट

गण्डकीमा जनमोर्चाका अर्का सांसदले पनि छाडे विपक्षी गठबन्धन

पोखरा : गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका अर्का सांसदले पनि विपक्षी गठबन्धन छाडेका छन्। संसदीय दलका नेता कृष्णबहादुर थापा तटस्थ बसेका बेला सांसद खिमविक्रम शाही पनि तटस्थ बसेका हुन्।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश प्रमुखकहाँ मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गरेलगत्तै वित्तप्ति जारी गरेर शाहीले आफू तटस्थ रहेको बताएका छन्। विपक्ष गठबन्धनमा आफ्नो हस्ताक्षर नभएको उनको स्पष्टोक्ति छ।

शाहीले आफ्नो समर्थन विपक्षी गठबन्धन रहेको भन्ने सूचनाप्रति आपत्ति समेत जनाएका छन्। ‘नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा मेरो सहभागिता र संलग्नता नरहेको सम्बन्धित सबैलाई स्पष्ट गर्न चाहन्छु,’ उनले भनेका छन्, ‘साथै, म कुनै पनि गठबन्धनमा नभएको र तटस्थ रहेको जानकारी समेत गराउँदछु।'

शाही यसअघि अविश्वासको प्रस्तावमा मतदानकै बेला विरामी भएका थिए। 

प्रदेशमा रहेका जनमोर्चाका तीनमध्ये दुई सांसद तटस्थ रहेपछि विपक्षी गठबन्धनको बहुमत दावीमा धक्का पुगेको छ।

सम्बन्धित समाचार

पार्टीको कारवाहीलाई जनमोर्चा सांसद थापाको चुनौती, प्रदेश प्रमुखलाई पत्र पठाउँदै भने, 'म तटस्थ छु'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell