PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

रातो मछिन्द्रनाथमो रथारोहण : रथयात्राका क्रममा ललितपुर प्रवेश गर्ने नाका बन्द हुने, होला स्वास्थ्य मापदण्ड पूरा ?

रातो मछिन्द्रनाथमो रथारोहण : रथयात्राका क्रममा ललितपुर प्रवेश गर्ने नाका बन्द हुने, होला स्वास्थ्य मापदण्ड पूरा ?

रोजन श्रेष्ठ/पहिलोपोस्ट


ललितपुर : लोकेश्वर बुंग्द्य: (रातो मछिन्द्रनाथ) लाई शनिवार रथारोहण गराइएको छ। कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञनबिच रातो मछिन्द्रनाथको रथारोहण गरिएको हो।

सीमित व्यक्तिको उपस्थितिमा पाटनको त: बहामा रहेको मन्दिरबाट खटमा राखेर मछिन्द्रनाथलाई नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो। अब चार दिनपछि रथयात्रा सुरु हुनेछ।

देशभर कोरोना संक्रमण फैलिरहेको र उपत्यकामा संक्रमण दर उच्च बिन्दुमा पुगेको बेला रथारोहण हुन लागेको हो। सरोकारवालाहरुले सुरक्षा मापदण्ड र स्वास्थ्य सतर्कता अपनाउँदै रथ तान्ने जनाएका छन्। यद्यपि, संक्रमणको जोखिम उच्च रहेको बेला रथयात्रामाथि प्रश्न खडा भएको छ।  

रथयात्राको क्रममा ललितपुर प्रवेश गर्ने नाका बन्द गरिनेछ। रथयात्रामा सहभागी हुनेहरुलाई मास्क, पञ्जा, स्यानिटाइजर अनिवार्य गरिनेछ।

गत वर्ष लकडाउनको समयमा महिनौंसम्म रथयात्रा नहुँदा प्रहरी र स्थानीयबिच झडप भएको थियो। त्यसपछि नित्य पूजा गर्दै रथ यात्रा छोट्याउँदै रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको थियो।

सम्बन्धित समाचार : नरेन्द्र देव भक्तपुर लग्न चाहन्थे तर पाटनमै रोकिए लोकेश्वर, रथयात्रा सम्पन्न नभए रातो मछिन्द्रनाथलाई भक्तपुर लग्ने जनश्रुति यस्तो




ट्रेन्डिङ पोस्ट

Ncell