PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

भारतीय निर्देशक तथा लेखक सुबोध चोपडाको कोरोनाका कारण मृत्यु



पहिलोपोस्ट

भारतीय निर्देशक तथा लेखक सुबोध चोपडाको कोरोनाका कारण मृत्यु

काठमाडौं : फिल्म ‘माइतीघर २’का निर्देशक सुबोध चोपडाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। अभिनेता तथा निर्माता भुवन केसीले फेसबुकमा उनको मृत्यु भएको जानकारी दिएका थिए।

सुबोध चोपडाको निर्देशनमा फिल्म ‘माइतीघर २’ बनाउन लागेको भुवनले केहि समयअघि पहिलोपोष्टसँगको कुराकानीमा जानकारी दिएका थिए

फेसबुकमा भुवनले लेखेका छन्, ‘कोभिडका कारण भारतीय फिल्मका लेखक तथा निर्देशक सुबोध चोपडाको मुम्बईमा निधन भएको खबरले स्तब्ध भएको छु। माइतीघर २ उहाँको ड्रिम प्रोजेक्ट थियो र यो महामारी सकिने बित्तिकै यसको काम थाल्ने भनेर केही दिन अघि मात्र पनि कुरा भएको थियो। तर, अचानक यस्तो दुःखद खबर सुन्दा विश्वास गर्न पनि सकिरहेको छैन।’

‘माइतीघर २’ उनको प्यासन प्रोजेक्ट भएकाले श्रद्धाञ्जली स्वरुप भए पनि यो फिल्म पूरा गर्ने वाचा समेत उनले गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell