PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भेरोसेलको दोस्रो डोज : कुनै खोप केन्द्रमा भिड, कतै व्यवस्थित

भेरोसेलको दोस्रो डोज : कुनै खोप केन्द्रमा भिड, कतै व्यवस्थित

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंमा कोरोना भाइरसविरुद्ध 'भेरोसेल' खोपको दोस्रो डोज प्रदान गर्न सुरु गरिएको छ। आज काठमाडौंभर ५० वटा खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइएको हो। गत वर्ष चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिइएको हो।

काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र तोकेर भ्यक्सिन दिइएको थियो। भ्याक्सिन लगाउन बिहानदेखि मानिसहरु लाइनमा बसेका थिए। कुनै केन्द्रमा लाइन व्यवस्थित देखियो भने कतै अस्तव्यस्त देखियो। गल्लीमा रहेका केन्द्रहरुमा लाइन व्यवस्थित देखिएको थिएन। खुल्ला ठाउँमा रहेका केन्द्रहरुमा भने लाइनहरु व्यवस्थित देखिएका थिए। साथै कुनै केन्द्रमा स्वंयमसेवकको वाक्लो उपस्थिति थियो भने कुनैमा व्यवस्थापनको निकै कमजोरी देखियो।

सम्बन्धित समाचार : काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाउन शुरु, खोपकेन्द्रमा नागबेली लाइन

 भोलि चैत २९ र ३० गते पहिलो डोज लगाएकालाई दोस्रो डोज दिइनेछ। यस्तै, चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन्।

बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते दोस्रो डोज लिन सक्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell