PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

नेपालमा फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्टः स्वास्थ्य मन्त्रालयले भन्यो ‘सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण’



पहिलोपोस्ट

नेपालमा फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्टः स्वास्थ्य मन्त्रालयले भन्यो ‘सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण’

काठमाडौंः नेपालमा कोभिड–१९ को थप नयाँ भेरियन्ट फेला परेको छ। यो सँगै नेपालमा भाइरसका तीन किसिमका भेरियन्ट भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको पनि मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा फेला परेको नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भएको घोषण गरिसकेको छ। भारतमा पुष्टि भएको कोरोना भाइरसको म्युटेसन बी।१।६१७।२ भेरियन्टलाई डब्लुएचओले 'भेरियन्ट अफ कन्सर्न'को रुपमा राखेको हो।  

मन्त्रालयका अनुसार देशमा विभिन्न भागबाट संकलित ३५ नमूनालाई डब्लुएचओको समन्वयमा मन्त्रालयले ‘जीन सिक्वन्सिङ्ग'का लागि भारत पठाएको थियो। मंगलबार प्राप्त नजिता अनुसार नमूनामध्ये ३४ नमूनामा नयाँ भेरियन्ट पुष्टि भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell