PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

दिल्ली अदालतले खारेज गर्‍यो ओलम्पियन सुशील कुमारको अग्रिम जमानतको निवेदन



पहिलोपोस्ट

दिल्ली अदालतले खारेज गर्‍यो ओलम्पियन सुशील कुमारको अग्रिम जमानतको निवेदन
Photo: Outlookindia

दिल्ली सेसन्स कोर्टले ‌ओलम्पिकमा दुई पदक हात पारेका भारतीय कुस्ती खेलाडी सुशील कुमारको 'एन्टिसिपरी बेल' को निवेदन खारेज गरिदिएको छ। २३ वर्षे अर्का कुस्ती खेलाडीको हत्याको आरोप लागेका उनलाई अदालतले पक्राउ हुनुपूर्व अग्रिम जमानत दिन अस्वीकार गरेको हो।

कुमारले भने आफूमाथि लागेको आरोप ‘निराधार, मिथ्या र निरर्थक’ भएको दावी गरेका छन्। 

अदालतले उनीमाथि लागेको आरोप गम्भीर भएको र प्रमाणहरु पनि बलिया भएकाले जमानत दिन अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

‘यसमा प्रत्यक्षदर्शीहरुको बयान पनि रहेको छ। त्यसैले यो स्तरमा अदालत प्रि एरेस्ट बेल दिन इच्छुक छैन। त्यसैले यो निवेदनलाई खारेज गरिएको छ।’ कोर्टको आदेशमा भनिएको छ।

सोमवार सुशील कुमार फरार भएको भन्दै दिल्ली पुलिसले उनीमाथि १ लाखको पुरस्कारसमेत राखेको थियो।

दिल्ली पुलिसले माडल टाउनस्थित छत्रसाल स्टेडियममा पहलवान सागर धनगढको हत्या प्रकरणका मुख्य आरोपी सुशील कुमारमाथि सोमवार १ लाख पुरस्कार राखेको थियो। त्यस्तै उनका सहयोगी अजयमाथि ५० हजारको पुरस्कार राखिएको थियो। यो प्रकरणमा सुशीलसहित ९ जना फरार भएको बताइएको छ।

दुई हप्ता अगाडि जुनियर नेशनल रेस्लिङ च्याम्पियन सागर रानाको हत्या भएको थियो। मे ४ मा केही घाइते रेस्लरहरु अस्पताल भर्ना भएका थिए जसमा १ जनाको निधन भएको थियो। र, यो प्रकरण सतहमा आएको थियो। मे ५ मा सुशीलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आफू र आफ्नो रेस्लरहरु त्यसमा सहभागी नभएको दाबी गरेका थिए।

उनी भारतबाट ओलम्पिकमा कुस्तीमा दुईवटा पदक जित्ने एकमात्र खेलाडी हुन्। उनले २००८ मा सम्पन्न बेइजिङ ओलम्पिकमा कास्य पदक र २०१२ मा सम्पन्न लण्डन ओलम्पिकमा रजत पदक जितेका थिए।

ओलम्पिक पदकधारी खेलाडी सुशील कुमार भगौडा घोषित, सूचना दिनेलाई १ लाखको पुरस्कार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell