PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

गैर सांसद मन्त्रीलाई काम गर्न नदिने अदालतको आदेश कार्यान्वयन गर्छौ : प्रदीप ज्ञवाली



पहिलोपोस्ट

गैर सांसद मन्त्रीलाई काम गर्न नदिने अदालतको आदेश कार्यान्वयन गर्छौ : प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अदालतले गैर सांसदलाई मन्त्रीका रुपमा काम गर्न नदिन दिएको आदेशको कार्यान्वयन गर्ने बताएका छन्।

सर्वोच्च अदालतले शुक्रवार मन्त्रिपरिषदमा सामेल भएका गृहमन्त्री रामबहादुर थापा बादल सहितका पूर्व माओवादीका नेतालाई काम गर्न नदिन अदालतले आदेश दिएको छ।

उक्त आदेश लगतै ज्ञवालीले कार्यान्वयन गर्ने प्रतिक्रिया दिएका हुन्। बालुवाटारमा सम्पन्न स्थायी कमिटीका निर्णयबारे जानकरी गर्न लागेका ज्ञवालीलाई अदालतको विषय बारे सञ्चारकर्मीले प्रश्न गरेका थिए।

उनले अदालतका हरेक फैसला कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताए। 'मैले भर्खर सुने। अदालतको फैसलाको कार्यान्वयन हुन्छ,' उनले भने।

यो पनि पढ्नुस् :

पार्टीको ह्वीप उल्लंघन गम्भीर विषय भएको ओली समूहको निष्कर्ष



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell