PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

संवैधानिक इजलासमाथि वकिलहरुको दलील : प्रधानन्यायाधीशको विकल्प छैन, न्यायाधीश केसी र श्रेष्ठ हट्नै पर्छ



संवैधानिक इजलासमाथि वकिलहरुको दलील : प्रधानन्यायाधीशको विकल्प छैन, न्यायाधीश केसी र श्रेष्ठ हट्नै पर्छ

काठमाडौं :  प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथि अहिले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बम कुमार श्रेष्ठसहितको इजलासमा निवेदकका तर्फबाट बहस गरिरहेका अधिवक्ताहरुले इजलासको गठनमै प्रश्न उठाएका छन्।

शुक्रवार भएको सुनुवाइमा नेकपा नाम विवादमा फैसला गरेका न्यायाधीश बम कुमार श्रेष्ठ माथि प्रश्न उठाइएको थियो। निवेदकहरुले उनलाई इजलासबाट हटाउनुपर्ने माग गरेका थिए। आज भइरहेको सुनुवाइमा पनि अधिवक्ताहरुले इजलासमा रहेका श्रेष्ठ सहित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीमाथि प्रश्न उठाएका छन्।

आजको सुनुवाइका क्रममा निवेदकका तर्फबाट बहस गरिरहेका अधिवक्ताहरुले नेकपा नाम विवादमा सर्वोच्चले गरिएको फैसलाविरुद्ध पुनरावकलन गर्न अस्वीकार गर्ने प्रधानन्यायाधी जबरा र र न्यायाधीश केसीमाथि पनि प्रश्न उठाएका हुन्।

तर, उनीहरुले संविधानले नै प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास गठन हुने व्यवस्था गरेको भन्दै न्यायाधीश केसी र श्रेष्ठ इजलासबाट हट्नै पर्ने दलील पेश गरेका छन्।  

अधिवक्ताहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबराले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीलाई नेकपाको फैसला र यो मुद्दासँगको सम्बन्ध के छ भनेर प्रश्न गरेका थिए। उनले कानुनले सबैलाई प्रश्न उठाउने ठाउँ दिएको भन्दै तीनजनाकै नाममा विवाद छ भने भन्न भने।

जवाफमा कार्कीले भने प्रधानन्याधीश बिनाको संवैधानिक इजलास परिकल्पना नगरिएकोले अन्य न्यायाधीशको विकल्प खोज्नुपर्नेमा जोड दिए।

त्यसपछि जबराले 'मेरोमा नेतिकताको दायित्व पर्दैन' भन्दै प्रश्न गरेपछि कार्कीले त्यो प्रधानन्यायाधीशले ले विचार गर्नुपर्ने बताएका थिए।

 

बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि इजलासमा न्यायाधीश श्रेष्ठ र केसीको विकल्प खोज्नुपर्नेमा जोड दिए।

उनले प्रश्न उठाइएका न्यायाधीशहरुलाई बाहिर राखे राम्रो सन्देश जाने बताए। संविधानले अर्को अदालत र अर्को प्रधानन्यायाधीशको परिकल्पना नगरेको भन्दै उनलाई इजलासमा प्रधानन्यायाधीशको विकल्प नरहेको बताए।

'प्रधानन्यायाधीशको पो विकल्प छैन। इजलासमा अन्या न्यायाधीशहरुको त छ नि' थापाले भने।

जबरले आफ्नो नैतिकताबारे सोधेको प्रश्नमा उनले भने : 'मेरो के हुन्छ भन्नुभयो श्रीमानले। धेरै विकल्प छ। लिभमा बसे भइहाल्यो।'

बहसका क्रममा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले पनि संवैधानिक इजलासमा प्रधानन्याधीशको विक्लप अरु नभएको तर न्यायाधीश केसी र श्रेष्ठ भने बाहिरिनु पर्ने दलील प्रस्तुत गरे।

त्यसअघि नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाको तर्फबाट संवैधानिक इजालसमा बहस गरिरहकेका अधिवक्ता गोविन्द बन्दीले पनि न्यायाधीश तेजबहादुर केसीमाथि प्रश्न उठाएका थिए।

सम्बन्धित समाचार :

देउवाका अधिवक्ताले नेकपा विवादमा प्रश्न उठाएपछि जंगिए प्रधानन्यायाधीश, 'त्यो फैसला यहाँ किन जोडियो?'

संवैधानिक इजलासमा बहस : न्यायाधीश केसीमाथि पनि उठ्यो प्रश्न, देउवाका वकिलले गरे हटाउन माग



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell