PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

स्वास्थ्यकर्मी तथा स्वास्थ्य सस्थाको सुरक्षा सम्बन्धि अध्यादेश जारी



पहिलोपोस्ट

स्वास्थ्यकर्मी तथा स्वास्थ्य सस्थाको सुरक्षा सम्बन्धि अध्यादेश जारी

काठमाडौः राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ अध्यादेश जारी गरेकी छिन्।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य सस्थाको सुरक्षा सम्बन्धि अध्यादेश जारी भएको हो। मन्त्रिपरिषद्को सिफारीसमा आइतवार अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए।

सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि आक्रमण गरे चार वर्षसम्म कैद सजाय हुनेगरि नयाँ कानुन प्रस्ताव गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्ने अध्यादेश मस्यौदा तयार पार्दै कारबाहीको दायरा बढाउने प्रस्ताव गरेको थियो।

स्वास्थ्यकर्मीमाथि आक्रमण गरे चार वर्षसम्म कैदको प्रस्तावः अभियुक्त थुनामै रहने, प्रस्तावित अध्यादेशमा यस्ता छन् व्यवस्था

कसुरदारलाई दुई लाख रुपैयाँसम्म जरिवानाको प्रस्ताव पनि अध्यादेशमा गरिएको छ। तत्काल प्राप्त प्रमाणले कसुरदार ठहर हुने अवस्था भएमा अदालतले आक्रमणमा संलग्न व्यक्तिलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको थियो।

कोरोना संक्रमणको रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि कुटपिट लगायतका घटना बढ्न थालेपछि स्वास्थ्यकर्मीहरुले कडा कानुन बनाउनुपर्ने माग राख्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell