PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एमालेको घर झगडा संसद्मा पुगेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै



एम बम

एमालेको घर झगडा संसद्मा पुगेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन्। शुक्रवार सत्ता साझेदार एमालेकै ओली पक्षीय सांसदले मुख्यमन्त्रीमाथि अविश्वास रहेको जानकारी सदनलाई गराएका थिए। तर एमालेकै माधव पक्षीय सांसदले भने मुख्यमन्त्रीलाई विश्वासै रहेको बताए पनि प्रमुख प्रतिपक्षी दलले समेत मुख्यमन्त्रीले यसमा पुनर्विचार गर्नुपर्ने माग गरेको थियो।

सोही विवादपछि मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिने तयारी गरेका हुन्। मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ। विश्वासको मत कहिले लिने भनेर अहिले प्रदेश सभा सचिवालयले कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको प्रदेश सभा सचिवालयका उप सचिव सिद्ध राज चटौतले जानकारी दिए।

सुदूरपश्चिममा एमालेको घर झगडा पुग्यो संसदमाः ओली पक्षले माग्यो मुख्यमन्त्रीको राजीनामा, माघव पक्ष उत्रियो बचाउमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell