PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

बोरामा खुट्टा भेटिएभन्दा १ किलोमिटर पर भेटियो डढाएको अवस्थामा 'मासुका टुक्रा'



पहिलोपोस्ट

बोरामा खुट्टा भेटिएभन्दा १ किलोमिटर पर भेटियो डढाएको अवस्थामा 'मासुका टुक्रा'

काठमाडौं : मंगलवार बोराभित्र मानिसको खुट्टा भेटिएको स्थानबाट केही पर जलाएको अवस्थामा मासुजस्तै बस्तु फेला पारेको छ। घटनाको अनुसन्धान गर्दै जाने क्रममा घटनास्थल भन्दा करिब १ किलोमिटर उत्तरतर्फ खाली जग्गमा परालले जलाएको अवस्थामा मासुको डल्ला फेला पारेको हो। धोक्रामा खुट्टा फेला पर्दा पराल हुनु र जलागएको ठाउँ पनि पराल देखिनुले घटनाको कनेक्सन हुनसक्ने प्रहरीको अनुमान छ।

'खाली जग्गामा परालले डडाएको अवस्थामा मासुका टुक्रा भेटिएको छ। अब त्यो केको हो भन्ने परीक्षणका लागि पठाइएको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी अशोक सिहले भने।

मंगलवार प्रहरीले बौद्ध ६ को गुहेश्वरी फाँटको प्लानिङमा रहेको खाली जग्गामा बोराभित्र पराल हालेर मानिसको खुट्टा फ्याँकिएको अवस्थामा फेला पारेको थियो। खुट्टा भेटिएपछि बाँकी शरीरको अंग पनि कतै छ कि भनेर प्रहरी घटनास्थल वरपरको स्थानमा खोजी गरिरहेको थियो। प्रहरीले मंगलवार फेला पारेको खुट्टा महिला पुरुष के हो भन्ने समेत खुलेको छैन। त्यस्तै उमेर समूह पनि खुलिनसकेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समचार

कसरी भेटियो व्यस्त बस्तीमा मानिसको एउटामात्र खुट्टा? शरीरका अन्य भाग कहाँ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell