PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोपा अमेरिका: इक्वेडरमाथि कोलम्बियाको संघर्षपूर्ण जित



पहिलोपोस्ट

कोपा अमेरिका: इक्वेडरमाथि कोलम्बियाको संघर्षपूर्ण जित

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न खेलमा कोलम्बियाले इक्वेडरमाथि जित निकालेको छ। एरेना प्यान्टनल स्टेडियममा सम्पन्न समूह 'ए' को खेलमा कोलम्बियाले इक्वेडरमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

खेलमा राम्रो पकड बनाएको इक्वेडरलाई हराउन कोलम्बियाका एडविन कारडोनाले खेलको ४२ औं मिनेटमा निर्णायक गोल गरे। यद्यपि बल पोजिसन र आक्रमणमा इक्वेडर अघि रहेको थियो।

आजै सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ब्राजिलले भेनेलुएलामाथि ३-० को सानदार जित निकालेको थियो।

प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।

कोभिडको 'भुङ्रो'मा कोपा अमेरिका सुरु! संक्रमणको त्रासले आयोजक पन्छिँदाको परिणाम

समूह ए

ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु

समूह बी

अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell