PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कोपा अमेरिका: अर्जेन्टिनालाई चिलीको चुनौती



पहिलोपोस्ट

कोपा अमेरिका: अर्जेन्टिनालाई चिलीको चुनौती
फोटो: अर्जेन्टिना एफए

कोपा अमेरिका अन्तर्गत भोलि बिहान हुने खेलमा अर्जेन्टिना र चिली प्रतिस्पर्धामा उत्रँदै छन्। ब्राजिलको रियो डी जेनेरियो स्थित ओलम्पिक स्टेडियममा खेल भोलि बिहान २: ४५ मा सुरु हुनेछ।

समूह 'बी' का यी दुई टोली शुक्रवारमात्र विश्वकप छनोट अन्तर्गतको दक्षिण अमेरिकी छनोटमा आमनेसामने भएका थिए। उक्त खेल १-१ को बराबरीमा रोकिएको थियो।

त्यस्तै भोलि बिहान नै हुने अर्को खेलमा पाराग्वे र बोलिभिया प्रतिस्पर्धा गर्नेछन्। खेल बिहान पौने ६ बजे सुरु हुनेछ।

आजबाट सुरु भएको कोपामा अमेरिकाको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० ले हराएको थियो भने दोस्रो खेलमा कोलम्बियाले इक्वेडरलाई १-० ले हराएको थियो।

प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।

समूह ए

ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु

समूह बी

अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया

कोभिडको 'भुङ्रो'मा कोपा अमेरिका सुरु! संक्रमणको त्रासले आयोजक पन्छिँदाको परिणाम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell