PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दीपक मनाङेलाई कारबाही गर्न राखेपको माग



पहिलोपोस्ट

दीपक मनाङेलाई कारबाही गर्न राखेपको माग
फाइल फोटो

पोखराः राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारबाही गर्न माग गरेको छ।

सोमबार विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङका विषयमा मन्त्री मनाङेले अशोभनीय तथा लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेको हो।

मन्त्री गुरुङको अभिव्यक्तिले खेल जगतकै अपमान भएको राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

लाखेद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘माननीय मन्त्रीज्यूबाट सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिव्यक्तिको राष्ट्रिय खेलकुद परिषद् घोर भत्सर्ना एवं निन्दा गर्दै उक्त भनाइले सम्पूर्ण नेपाली खेलकुद क्षेत्रको मानहानी भएको ठहर गर्दै दोषी उपर प्रचलित नेपाल कानुन बमोजिम कारबाहीसमेत माग गर्दछौँ।’

सम्बन्धित समाचारः बेलगाम मनाङेः ‘आपत्तिजनक र व्यक्तिगत’ टिप्पणीमा उत्रिँदै, कांग्रेसका सांसद पनि उनकै मार्गमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell