PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

खण्डहर मेलम्ची, हेर्नुस् पछिल्ला दृश्यहरु

खण्डहर मेलम्ची, हेर्नुस् पछिल्ला दृश्यहरु

समर्थ रञ्जित/पहिलोपोस्ट


मंगलवार मेलम्ची नदी र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची क्षेत्रमा ठुलो क्षति गरायो। मेलम्ची बाढीका कारण हेलम्बु गाउँपालिकाका २३ जना बेपत्ता छन्। सडक, कयौ खेत, निजी घर, एक विद्यालय, सार्वजनिक संरचना र इलाका प्रहरी कार्यालय बगाएको छ। क्षतिको यकिन तथ्यांक अझै आइसकेको छैन।

इन्द्रावती नदी क्षेत्रको पाँचपोखरी थाङपाल गाउँपालिकामा पनि खेत, सडक बगाएको छ।

मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा अत्याधिक क्षति गराएको छ। दुई नदीको दोभान रहेको यस क्षेत्रको खेत तथा घरहरु पुरिएर बगरमा परिणत भएको छ। क्षति अत्याधिक भएकाले पुनर्स्थापना र राहतका लागि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाले सहयोग गर्न अपिलसमेत गरेको छ।

हेलम्बु गाउँपालिकाको भ्रेमाथाङ पहिरोका कारण लेदोसहितको बाढी आउँदा यो क्षेत्र प्रभावित बनेको हो। मेलम्ची बजारको दोभान क्षेत्र पुरै बगरमा परिणत हुँदा यस क्षेत्रका घरहरु डुबानमा परेका थिए। बाढीको सतह घट्न थालेपछि अहिले मानिसहरु आफ्नो घरको अवस्था बुझ्न र सामान निकाल्न सकिन्छ कि भनेर प्रयास गरिरहेका छन्। यसो त बाढीले तटीय क्षेत्रमा कटान जारी राखेको छ। शनिवारमात्र हेलम्बुको प्रहरी कार्यालय ढलाएको थियो भने निजी घर पनि ढलाएको थियो। कस्तो छ त मेलम्ची क्षेत्रको पछिल्लो दृश्य?

हेर्नुस् पहिलोपोस्टका समर्थ रञ्जितको लेन्समा कैद दृश्यहरु :



ट्रेन्डिङ पोस्ट

Ncell