PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

समूह 'सी' का दुई खेल आज: नेदरल्याण्ड्स पछि अन्तिम १६ का लागि युक्रेन र अस्ट्रियाको प्रतिस्पर्धा



पहिलोपोस्ट

समूह 'सी' का दुई खेल आज: नेदरल्याण्ड्स पछि अन्तिम १६ का लागि युक्रेन र अस्ट्रियाको प्रतिस्पर्धा

युईएफए युरो कपमा आज चार खेल हुँदैछन्। जसमध्ये पहिलो दुई खेलमा समूह सी अन्तिम खेलहरु हुनेछन्। समूह 'सी' को आज हुने खेलमा शीर्ष दुईमा अटाउने लक्ष्यका साथ युक्रेन र अस्ट्रिया भिड्दा अन्तिम १६ मा स्थान बनाइसकेको नेदरल्याण्ड्सले नर्थ म्यासाडोनियासँग प्रतिस्पर्धा गर्नेछ। दुबै खेल बेलुकी पौने १० बजे सुरु हुनेछ।

रोमिनियास्थित नेशनल एरेना स्टेडियममा हुने खेलमा युक्रेन र अस्ट्रिया प्रतिस्पर्धा उत्रने छन्। यसअघिको ख‍ेलमा दुबै टोली नेदरल्याण्ड्ससँग पराजित भएका थिए भने दुबैले नर्थ म्यासोडोनियालाई हराएका थिए। समूहबाट नेदरल्याण्ड्सले अन्तिम १६ मा स्थान सुरक्षित गरिसक्दा यी दुई टोली शीर्ष दुईमा रहँदै अन्तिम १६ को यात्रा तय गर्न चाहन्छन्। दुबै टीमको समान ३ अंक छ।

त्यस्तै अर्को खेलमा समूहमा अपराजित नेदरल्याण्ड्स र जितबिहीन नर्थ म्यासेडोनिया आमनेसामने हुँदैछन्। यसअघिको खेलमा नेदरल्याण्ड्सले अस्ट्रिया र युक्रेनलाई हराएको थियो भने नर्थ म्यासोडोनिया यी दुई टोलीसँग पराजित भएको थियो। आजको खेलमा जित निकाल्दै नेदरल्याण्ड्स समूह विजेता बन्न चाहन्छ भने नर्थम्यासोडोनियाको लक्ष्य सान्त्वना जित निकाल्दै अन्तिम १६ का लागि समीकरण पर्खने हुनेछ।

आजै हुने समूह 'बी' को खेलमा बेल्जियम र फिनल्याण्ड भिड्दा रसिया र डेनमार्क आमनेसामने हुनेछन्। दुबै खेल राति पौने १ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell