PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

समूह 'बी' को अन्तिम दुई खेल आज: बेल्जियम पछि अन्तिम १६ को संघर्षमा फिनल्याण्ड र रसिया



पहिलोपोस्ट

समूह 'बी' को अन्तिम दुई खेल आज: बेल्जियम पछि अन्तिम १६ को संघर्षमा फिनल्याण्ड र रसिया

यूईएफए युरो कपमा अन्तर्गत आज राति हुने कुल चार खेल मध्ये समूह 'बी' का दुई खेल हुँदैछन्।

आज डेनमार्कको पार्केन स्टेडियममा हुने खेलमा रसिया र डेनमार्क आमनेसामने हुनेछन्। यसअघिको खेलमा फिनल्याण्डमाथि जित र बेल्जियमसँग पराजय ब्यहोरेको रसिया डेनमार्कलाई हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ। त्यस्तै यसअघिका दुई खेलमा बेल्जियम र फिनल्याण्डसँग पराजय ब्यहोरेको डेनमार्क रसियालाई हराउँदै अन्तिम १६ को सम्भावना कायम राख्न चाहन्छ।

आज क्रिस्टोभ्स्की स्टेडियममा हुने अर्को खेलमा बेल्जियम र फिनल्याण्ड आमने सामने हुनेछन्। बेल्जियमले यसअघिको खेलमा डेनमार्क र रसियालाई हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ भने पहिलो खेलमा डेनमार्कलाई हराएको फिनल्याण्ड आजको खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्न चाहन्छ।

बेल्जियम पछि शीर्ष दुईको होडमा रहेका फिनल्याण्ड र रसियालाई एकअर्काको नतिजाले पनि प्रभावित गर्नेछ। समूहमा बेल्जियम ६ अंक जोडेर शीर्षस्थानमा रहँदा रसिया र फिनल्याण्ड समान ३/३ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै जितबिहीन डेनमार्क समूहको पुछारमा छ।  खेल राति पौने १ बजे सुरु हुनेछ।

त्यसअघि समूह 'सी'को खेलमा पौने १० बजे युक्रेन र अस्ट्रिया तथा नेदरल्याण्ड्स र नर्थ म्यासेडोनिया भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell